२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्रोत नखुलेको एक करोडभन्दा बढी रकम बरामद

रौतहट प्रहरीले चालू आर्थिक वर्षका स्रोत नखुलेको एक करोडभन्दा बढी रकम नियन्त्रणमा लिएको छ। विभिन्न समयमा प्रहरीले जिल्लाको विभिन्न भागबाट करोडभन्दा बढी रकम बरामद गरेको हो।

चालू आर्थिक वर्षमा रौतहटले प्रहरीले विभिन्न नौ घटनाबाट एक करोड १७ लाख ८६ हजार रुपैया बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी गराएका छन्।

स्रोत नखुलको रकम ओसारपसार गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पनि एसपी शाहले जानकारी दिए। कोरोनाको समयमा नेपाल र भारतको सिमाना औपचारिक रुपमा बन्द रहेको समयमा हुन्डीमार्फत कारोबार हुने गरेकोले रकम समातिने गरेको एसपि शाहको भनाइ रहेको छ।

यसैबीच रौतहट प्रहरीले बुधबार तीस लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। रौतहटको परोहा नगरपालिकाको रामपुरबाट प्रहरीले बुधबार स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।  

परोहा नगरपालिका ९ रामपुरखापमा भारततर्फबाट आउँदै गरेको बीआर ०५ आर ४५२१ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा रहेका २ युवकबाट ठूलो परिमाणमा नेपाली रुपैया बरामद भएको प्रहरीले जनाएको हो।  

पक्राउ पर्ने दुबैजना भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टी कुमार कलवार र सुरज कलवार रहेको प्रहरी उपरिक्षक सिद्धिविक्रम शाहले बताए। पक्राउ परेका बन्टी कुमारले सो रकम राजपुरको एक चिम्नी भट्टामा पु¥याउन आएको बताएका छन्।

शरीरको विभिन्न भागमा र झोलामा समेत लुकाएर ल्याउँदै गर्दा बरामद भएको उक्त रकमको बारेमा थप अनुसन्धान भइरहेको एसपी शाहको भनाइ छ।

प्रकाशित: २६ जेष्ठ २०७८ १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App