६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हराएको तीन दिनपछि मृत भेटिए युवा

धादिङको गजुरी गाउँपालिका–७, धमेटोल निवासी २४ वर्षीय अर्जुन श्रेष्ठ मृत भेटिएका छन्। जेष्ठ २० गते साँझ ८ बजेदेखि हराई रहेका श्रेष्ठ ३ दिनपछि मृत भेटिएका हुन्।  

गजुरी गाउँपालिका स्थित दरियाल खोला किनारमा पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। एक जलारीले जाल हान्दै जाने क्रममा शव भेटिएपछी उनले प्रहरीलाई खबर गरेका थिए।

श्रेष्ठको ३ वटा औंला दरियाल खोला बाँधमा भेटिएको र पुरिएको अवस्थामा शव भेटिएकोले हत्या भएको आशंकामा प्रहरीको छ।  

हत्यामा संलग्नको आशंकामा दुई महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए।

प्रकाशित: २४ जेष्ठ २०७८ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App