२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चुरेको अत्यधिक दोहन र वातावरण विनासविरुद्द सत्याग्रह गर्ने चेतावनी

विश्व वातावरण दिवस (५ जुन) का दिन मानव अधिकार तथा शान्ति समाजद्वारा ६ जिल्लामा वृक्षारोपण गरिएको छ। जेठ २२ गते बिहान शान्ति समाजद्वारा रुपन्देहीको वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आँप, रुद्राक्ष, अमला, वेल, धुपिसल्लो, कल्पिफुललगायत १ सय भन्दा बढी संख्यामा बृक्षारोपण गरिएको छ।  

कार्यक्रममा शान्ति समाजका सभापति गोविन्द खनालले समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल व्यालेन्स)मा जोड दिँदै हिमालय वचाउ आन्दोलन सञ्चालन गरिरहेको उल्लेख गरे।  

उनले हालै सरकारद्वारा चुरे ध्वस्त गर्ने गरी ढुंगा गिटी निकासीको निर्णय नसच्याए शान्ति समाजले सत्याग्रह आन्दोलन प्रारम्भ गर्ने पनि बताए। ‘वातावरण विनास गर्ने सरकारको यो नीतिले  गंगा उत्तरको मैदानी इलाका मरुभुमीकरण हुने खतरा रहेको छ, सरकारको यो आत्मघाती कदम वातावरण प्रतिगमन हो।’ उनले भने।

वृक्षारोपण कार्यक्रममा केन्द्रयी सचिव मिना ढकाल, केन्द्रीय सदस्य बिष्णु भुसाल, आम्दा अस्पताल मेसु डा. राजेन्द्र बश्याल, पत्रकार महासंघ प्रदेश महासचिव बिक्रम खड्कासहितको सहभागिता थियो।  

सोही अवसरमा आज समाजले काठमाडौँलगायत विभिन्न स्थानमा वृक्षारोपण गरिएको जनाएको छ।

प्रकाशित: २२ जेष्ठ २०७८ ०९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App