coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नौ वर्षे बालिका करणी गर्ने पुरुष पक्राउ

एकपछि अर्को बलात्कार जस्तो कुकृत्यका घटना बढिरहेका बेला इटहरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नौ वर्षकी बालिकालाई जर्बरजस्ती करणी गरेको आरोपमा इटहरी वडा नं. ३ का ६७ वर्षे गाइने भन्ने भागीराज दमाईंलाई इटहरी प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।  

बालिका बस्ने घरमै कोठा भाडा बस्दै आएका दमाईंले शारीरिक तथा मानसिक रुपमा अशक्त हिँड्न र बोल्ने नसक्नेलाई जर्बरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। घरमा कोही नभएको बेला दमाईंले बालिकालाईं जर्बरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ। पीडित बालिकाको आमाले दोस्रो विवाह गरी गरेकी सकेका छन्। बाबुको समेत मृत्यु भइसकेको छ। जसले गर्दा उनी फुपुको घरमा बस्दै आएकी छन्।  

जर्बरजस्ती करणी गरेको स्थानीयहरुले थाहा पाएर हल्ला भएपछि दमार्इं फरार भएका थिए। प्रहरीले इटहरी वडा नं. ३ धरधरे भन्ने स्थानमा लुकिछिपी बसिरहेको अबस्थामा फेला पारेको हो। पक्राउ परेका दमाईंमाथि सुनसरी जिल्ला अदालतबाट जर्वरजस्ती करणीमा मुद्दा दर्ता गरि अनुसन्धान थालिएको छ।

प्रकाशित: १९ जेष्ठ २०७८ १३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App