coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

करेन्ट लागेर कामदारको मृत्यु

करेन्ट लागेर महोत्तरीको बर्दिवास नगरपालिका ५ ढुङ्गग्रे गढान्ता स्थित पानि उद्योगमा काम गर्ने कामदारको बुधबार मृत्यु भएको छ ।  बर्दिवास नगरपालिका–५ ढुङ्गग्रे गढान्तास्थित अक्वा पानी उद्योगमा काम गर्ने कामदार सोहि ठाउँ घर भएका २१ वर्षीय कृष्ण घिमिरेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताएको छ ।  

कामदार घिमिरेलाई पानि उद्योगमा पानिको जार सफा गर्ने क्रममा एक्कासी करेन्ट लागि उनी गम्भीर घाईते भएका थिए ।  

घाईतेलाई तत्काल उपचारका लागि शुभ स्वस्तिक अस्पताल बर्दिवास पठाइको र उनको उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको डिएसपी विष्टले बताएको छ ।  

घटना भए लगतै इलाका प्रहरी कार्यालय बर्दिवासबाट गएको प्रहरी टोलिले प्रारम्भिक अनुसन्धान गरेका छन । मृतकको शव अस्तपतालको आवश्यक प्रक्रिया पु¥याएर परिवारजनको जिम्मा लगाईने प्रहरीले जनाएको छ । घटना के कति कारण हुन पुगेकाबारे थप अनुसन्धान भई रहेको डिएसपी विष्टले बताएको छ ।  

प्रकाशित: ५ जेष्ठ २०७८ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App