८ वैशाख २०८१ शनिबार
समाज

निषेधाज्ञाले छेकेन महोत्तरीमा वन तस्करी, ४० क्युफिट काठ बरामद

जिल्लाभर नै कोरोनाको दोस्रो लहर न्यूनीकरणका लागि निषेधाज्ञा जारी छ। निषेधाज्ञा भएकै कारण सर्वसाधारणहरु घरभित्र बसेर आफूलाई सुरक्षित राख्ने प्रयास गरेका छन्। तर वन तस्करहरुलाई भने निषेधाज्ञाले छेकेको छैन। तस्करहरुले निषेधाज्ञाकै फाइदा उठाएर आफ्नो तस्करी धन्धालाई निरन्तरता दिएका छन्।  

यसको ज्वलन्त उदाहरण मंगलबार अबेर राति बर्दिवास नगपालिका ८ हातिलेटबाट अवैध सालको तस्करी गरि लग्दै गरेको ४० क्युफिट काठ बरामद हुनु हो।  

वन गस्ती टोलीले मंगलबार अबेर राति सागरनाथ वन विकास परियोजनाको हात्तिलेट युनिटको १० नम्बर पलोटबाट तस्करहरुले कटान गरि दश वटा साइकलमा तस्करी गरि लैजाँदै गरेको १० थान अर्थात् ४० क्युफिट काठ बरामद गरेको हो।

डिभिजन वन कार्यालय महोत्तरीको सशस्त्र वन सुरक्षा शाखा माइस्थानका रेन्जर सन्तोषकुमार यादवका अनुसार मंगलबार अबेर राती उक्त काठ बरामद भएको हो। वन गस्ती टोलीलाई देखेपछि काठ तस्कर भने फरार भएको रेन्जर यादवले बताएका छन्।  

रातीको समय र निषेधाज्ञामा सर्वसाधारणको आवतजावत नरहने मौका छोपी तस्करहरुले जंगलबाट सालको काठ कटान गरि साईकलमा लहरै लगाएर लग्दै गरेको अवस्थामा वनगस्ती टोलीसंग जम्काभेट भएपछि तस्करहरु साईकलमा लोड गरिएको काठ छाडेर फरार भएको उनले बताए।  

बरामद भएको काठ र साईकलसहित वनगस्ती टोलीले आफ्नो नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: ५ जेष्ठ २०७८ ०५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App