१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाँउ गाँउमा फैलियो कोरोना

हिलिहाङ गाँउपालीका रहेको स्वास्थ्य केन्द्रमा एन्टिजेन्ट परिक्षण का लागि आएका स्थानीय । तस्बिर : गिरिराज/नागरिक

पूर्वी पहाडी पाँचथर जिल्लाका गाँउ गाँउमा कोरोना संक्रमण फैलिएको छ । पहिलो लहरले सदरमुकाममात्र बढी  प्रभाव पारेपनि दोश्रो लहर गाँउ गाँउ फैलिएको छ । समुदाय स्तरमा फैलिएको कोरोना नियन्त्रण चुनौतीपूर्ण हुने देखिँदै गएको छ ।

पुँजा, विवाह लागयतका कारण पनि कोरोना फैलिएको देखिन्छ । सुरुमा उत्तरी याङवरक गाँउपालीको सेलेजुङ भन्ने ठाँउमा आठ जनामा पोजेटिभ देखियो । ८४ को पुँजामा सहभागि भएकाहरुमा पोजेटिभ देखिको थियो ।

फालेलुङ गाँउपालीका–२ भएको अर्को पुँजामा सहभागि पाँच जनालाई कारोना पोजेटिभ देखिएको थियो । एकजनाको मृत्य नै भयो ।  

हिलिहाङ गाँउपालीको बासबोटे भन्ने ठाँउमा कोरोनाको संक्रमण बढिरहेको छ । गाँउभरी बिरामी बढिरहेका छन् । वैवाहिक कार्यक्रममा सहभागि अधितरलाई ज्वरो आउने समस्या देखिएको स्थानीयको भनाइ  छ । हिलिहाङ गाँउपालीकाका स्वास्थ्य प्रमुख चन्द्रप्रकाश घिमिरेका अुनसार ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।  

हिलिहाङमात्र नभई विभिन्न गाँउमा ज्वरो, रुघाका विरामीहरु बढिरहेका छन् । पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या ह्वातै बढेर गएको छ । सोमबार साझसम्ममा १ सय ३८ जनाको कोरोना संक्रमण भइसकेको छ ।  विभिन्न स्थानीय तहका ग्रामीण क्षेत्रमा संक्रमण बढ्दै गएको हो ।  

अहिले फिदिम नगरपालीका, फालेलुङ, हिलिहाङ, मिक्लाजुङ, तुम्बेवा गाँउपालीकाका गाँउ गाँउमा कोरोना पोजेटिभको संख्या बढ्दै गएको छ । गाँउमा पर्याप्त सचेतना नहुँदा यो फलैने क्रम बढ्दै जाने खतरा छ । फालेलुङ गाँउपालिकाका ६ जना संक्रमित रहेको छन् । याङवरक गाँउपालिकाका विभिन्न गाँउमा २३ जना संक्रमित रहेका छन् । मिक्लाजुङ गाँउपालीकामा १२ जना कोरोना संक्रमित छन् ।  

गाँउमा स्वास्थ्य उचपारको  । जिल्ला कोभिड अस्पतालको दश बेड भरीएको छ । गाँउमा बनाईएका अस्थायी कोभिड अस्पतालमा स्वास्थ्यकर्मी लगायतको समस्या रहेको छ । गम्भीर बिरामी भएकालाई उपचारका लागि झापानै लैजानु पर्ने बाध्यता छ । अक्सिजनसहित भएका पूर्वाधारमा रहेर व्यवस्थापनको प्रयास गरीरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले बताए । ‘सदरमुकाममा मात्र नभई ग्रामीण क्षेत्रमा पनि संक्रमण फैलिएको छ । स्थानीय तहले काम गरिरहेको छ’ ढकालले भने ‘भाईरसको चेन तोड्का लागि प्रयास भईरहेको छ ।’

कोराना भाईरसको संक्रमण फैलिदै गएपछि डिसिसिएमसिको सोमबार बसेको बैठले दुई सातालाई निषेधाज्ञा थपेको छ । यस अघि एकसातालाई निषेधाज्ञा गरीएको थियो । संक्रमित बढ्दै गएपनि उपचार लागि न्यूनतम सुविधाको अभाव छ ।  परिक्षणका लागि एन्टिजेनको कमि छ । पिसिआर परिक्षणका लागि स्वाभ विराटनगर पठाउनु पर्ने भएकाले ढिलोमात्र रिर्पोट आउने गरेको छ ।  

प्रकाशित: ३ जेष्ठ २०७८ १५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App