१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

मेयरलाई पत्र : ‘हामी साथ दिन तयार छौं, तपाईं पनि दिनूस्’

काभ्रेका विभिन्न संघसंस्थाहरुले कोभिड–१९ को समस्या नियन्त्रणका लागि आफूहरु साथ दिन तयार रहेको बताउँदै नगर प्रमुखलाई पनि साथ दिन अनुरोध गरेका छन्।

बनेपामा रहेका १६ वटा सामाजिक संस्थाहरुले एकसाथ बनेपा नगरपालिकाका नगरप्रमुख लक्ष्मीनरसिंह बादेलाई पत्र लेखेर सो आग्रह गरेका हुन्।

उनीहरुले विश्व महामारीको रुपमा फैलँदै गएको कोभिङ–१९ को दोश्रो लहरले बनेपा नगरपालिकामा पनि संक्रमित तथा संक्रमितको मृत्युदर बढ्दै गएको जनाउँदै जटिल परिस्थितिमा स्थानीय निकाय, जिल्ला प्रशासन, जनप्रतिनिधिहरु, प्रहरी प्रशासन, स्वास्थ्य संस्थाहरु तथा विभिन्न राजनीतिक दलहरूको भूमिकाप्रति संघसंस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

यसका साथै उनीहरुले नगरपालिकामा कोभिड–१९ ले निम्ताएको समस्या न्यूनीकरण गर्न र भविष्यमा आइपर्नसक्ने भयावह स्थिति निर्मूल गर्न स्थानीय निकाय र जनप्रतिनिधिहरुलाई उदाहरणीय नेतृत्व प्रदान गर्न पनि आग्रह गरेका छन्।

उनीहरुले बनेपा नगरपालिकामा कोभिङ–१९ सम्बन्धित स्वास्थ्य सुविधा – अस्पताल, उपकरण, सामग्रीदेखि जनशक्ति अभाव देखिएको जनाउँदै सो अभावलाई छिटोभन्दा छिटो परिपूर्ति गर्न आवश्यक रहेकोमा जोड दिए।  

उनीहरुले नगरपालिकामा पनि कोरोना संक्रमण न्यूनीकरणका लागि निषेधाज्ञा जारी भएता पनि निषेधाज्ञा प्रभावकारी र उत्साहजनक नभएकोमा मेयरको ध्यनाकर्षण गरेका छन्। ‘कोभिङ–१९ को दोस्रो लहर वास्तवमै पहिलो लहर भन्दा बढी गम्भीर छ र यसले यस नगरपालिकामा पनि ठूलो समस्या सिर्जना गरेको छ। स्थिति थप भयावह नहोस् भन्नका निम्ति आजैबाट प्रभावकारी प्रयास हन जरुरी छ। त्यसैले स्थानीय निकाय – बनेपा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधिहरु, प्रहरी प्रशासन, विभिन्न महरु. स्वास्थ्य संस्थाहरु र सामाजिक संघसंस्थाहरु समक्ष समयमै प्रभावकारी निस्वार्थ पर्याप्त एवम महत्वपूर्ण प्रयास गरिदिनु हुन अनुरोध गर्दछौं।’ उनीहरुले पत्रमा भनेका छन्, ‘यस चुनौतीपूर्ण घडीमा साथ र सहयोगका लागि हामी संघसंस्थाहरु र युवाहरु तयार छौं र आफ्नो क्षेत्रबाट प्रयासरत रहने छौं भन्ने सन्देश पनि दिन चाहन्छौं।’

जिल्ला प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय, काभ्रे उद्योग वाणिज्य सँघ, पत्रकार महासंघ र काभ्रेमा क्रियाशील पार्टीहरुलाई समेत बोर्धाथ दिएर पत्र दिनेहरुमा बनेपाका लायन्स तथा लियो क्लबहरु, एमेस्टी इन्टरनेशनल बनेपा, काभ्रे जेसिज, साँगा सांस्कृतिक समूह, मोहनिपाः र बनेपा ब्वाइज क्लब रहेका छन्।

प्रकाशित: ३० वैशाख २०७८ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App