coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँपालिकामा कोभिड-१९ विरुद्धको स्वयंसेवक नियुक्ति

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने लक्ष्यकासाथ खोटाङको केपिलासगढी गाउँपालिकाले हरेक वडामा स्वयंसेवक नियुक्त गरेको छ । 

नयाँ भेरियन्टसहितको कोरोना भाइरस तीव्ररुपमा फैलिरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्डलाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले मासिक सेवा सुविधा दिनेगरी हरेक वडामा एक–एक जना स्वयंसेवक नियुक्त गरेको हो । कोभिड–१९ को महामारी साम्य नभएसम्मका लागि ७ वटै वडामा स्वयंसेवक नियुक्त गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए ।  

कोरोनाको महामारीकाबीचमा पालिकाभन्दा बाहिरबाट गाउँ भित्रिने व्यक्ति होम क्वारेन्टिनमा बसे/नबसेको अनुगमन गर्ने र सोको जानकारी वडा तथा पालिकालाई उपलव्ध गराउने, वडामा आइसोलेसन सेन्टर निर्माणका लागि पहल र समन्वय गर्ने, कोभिडबाट बच्न र बचाउनका लागि सचेतनामुलक गतिविधिलाई टोल–टोल पुर्‍याउने अभियानका लागि कोभिड–१९ विरुद्धको स्वयंसेवक नियुक्त गरिएको हो । मासिक १५ हजार सेवा सुविधा दिने शर्तमा सम्वन्धित वडा कार्यालयले गरेको सिफारिसका आधारमा गाउँपालिकाले ‘एक वडा एक स्वयंसेवक’ नियुक्ति गरेको जनाएको छ ।  

यस्तै, गाउँपालिकाले स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट चुडामणी जैसीलाई कोभिड फोकल पर्सन तोक्ने, फोकल पर्सनलाई प्रोत्साहन स्वरुप खाइपाइ आएको मासिक तलव भत्ताको २० प्रतिशत बराबरको हुन आउने रकम कोभिड कोषबाट उपलव्ध गराउने, क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मीलाई खटिएको दिनको दैनिक एक हजार प्रोत्साहन वापत सुविधा दिने, प्रत्येक वडाको स्वास्थ्यचौकीमा कोरोना हेल्थडेस्क निर्माण गर्ने, बाक्सिलास्थित बुद्धबजारमा आइसोलेसन वार्ड निर्माण गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित: २८ वैशाख २०७८ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App