पाँचथर उद्योग वाणिज्य संघको समन्वयमा पाँचथर जिल्ला अस्पताललाई २० सिलिण्डर अक्सिजन उपलब्ध गराईएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उद्योग वाणिज्य संघको अग्रसरतामा अक्सिजन ल्याइएको हो । उद्यमी, व्यवसायीको सहयोगमा अक्सीजन ल्याएर हस्तान्तरण गरीएको उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दिपक नेपालले जानकारी दिए ।
पाँचथर अस्पतालाई कोभिड अस्पतालनको रुपमा अगाडी सारीएको छ । अस्पतालमा यस अघि १४ सिलिण्डर अक्सीजन रहेको छ ।
प्रकाशित: २६ वैशाख २०७८ १३:२९ आइतबार