७ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

मकवानपुरमा असोजमा ५२ सवारी दुर्घटना : ६ जनाको मृ*त्यु, ७८ घाइते

मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन्।

यस अवधिमा दुर्घटनाबाट छ जनाको मृत्यु हुनाका साथै ७८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। 

दुर्घटनामा प्रहरीद्वारा ५० जनाको उद्धार गरिएको छ। यस अवधिमा सवारी दुर्घटनातर्फ कूल ८५५ कारबाही भएकोमा रु आठ लाख ५५ हजार ५०० राजस्व दाखिला भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०८३ ०८:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App