coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हत्या गरेको आरोपमा एक पक्राउ

इटहरीमा यूवाको हत्या गरेको आरोपमा शुक्रबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुधबार राति इटहरी वडा नं. ६ स्थित टे्याङ्ग्रा खोला पूर्व खाली जमिनमा एक युवाको हत्यामा संलग्न भएको आरोपमा वराहक्षेत्र वडा नं. ४ का २४ वर्षे प्रकाश तामाङ्लाई प्रहरीले पक्राउ गरेको हो।  

बिहीबार बिहान पहिचान खुल्न नसकेका झन्डै ३० वर्षे युवाको हत्या गरेको अवस्थामा शव भेटिएको थियो। शव फेला परेका युवा मंगोलियन जस्तो देखिने र दाहिने हातको नाडीमा दुखी राई लेखेको पाइए पनि यकिन पहिचान खुल्न सकेको छैन। पक्राउ परेका तामाङ्को अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रकाशित: २४ वैशाख २०७८ १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App