१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दाजुको कुटाइबाट भाइको मृत्यु

उदयपुरमा दाजुको कुटाईबाट भाइको ज्यान गएको छ। दुईदिनअघि सामान्य घरासयी बिवादमा दाजु पुलकित चौधरीको कुटाईबाट बुधबार मध्यान्ह त्रियुगा नगरपालिका ९ चौकीबारीका खुसीलाल चौधरीको ज्यान गएको हो।  

गत सोमबार सामान्य कारणले दाजुभाइबीच बिवाद हुँदा पुलकितले भाइलाई हातपात गरेका थिए। दाजुको कुटपिटबाट घाईते खुसीलालको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै आफन्तले दिएको जाहेरीअनुसार अस्थायी प्रहरी चौकी चुहाडेले बुधबार विहान चौधरीलाई उपचारार्थ जिल्ला अस्पताल उदयपुर ल्याएको थियो।  

तर, त्यहाँ उपचार सम्भव नभएको भन्दै बिराटनगर रिफर गरेपछि गोल्डेन अस्पतालमा उपचारको क्रममा बुधबार मध्यान्ह खुसीलालको ज्यान गएको प्रहरीले जनाएको छ।

खुसीलालको मृत्युपछि कुटपिट गर्ने पुलकितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई हत्या आरोपमा पक्राउ गरी आवश्यक अनुसन्धान कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

प्रकाशित: २२ वैशाख २०७८ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App