८ वैशाख २०८१ शनिबार
समाज

गोरखाको दुई नगरपालिका र एक गाउँपालिकामा निषेधाज्ञा

गोरखाको दुईवटा नगरपालिका र एउटा गाउँपालिकामा निषेधाज्ञा गरिएको छ । गोरखा भित्रने मुख्य नाका रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा मंगलवार राती १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।  

कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले बैशाख ३१ गते सम्म यी पालिकामा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । निषेधाज्ञाको समयमा निजी तथा सार्वजनीक यातायात नचल्ने, अत्यावश्यक सेवाका सवारी र पसल मात्रै खुल्ने निर्णय गरिएको छ ।  

गोरखामा मंगलवारसम्म एक सय ३२ जना सक्रिया संक्रमित रहेका छन् भने जिल्लाभित्र कोरोनाबाट दुई जना र बाहिर चार जनाको ज्यान गईसकेको छ । सरकारले दुई सय सक्रिय संक्रमित रहेको जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने जनाएको छ । अहिले भने संक्रमित धेरै रहेका पालिकामा कोरोना रोकथाम र नियन्त्रणमा लागि स्थानीय तहको सिफारिसमा निषेधाज्ञा लगाइएको प्रजिअ शर्माले बताए ।  

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ र ८ मा भने गत बैशाख १८ गतेदेखि जिल्ला सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको थियो । वडा नम्बर ७ मा एकै गाउँका ६२ जना संक्रमित भएपछि निषेधाज्ञा लगाइएको हो ।

प्रकाशित: २१ वैशाख २०७८ १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App