१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकारमाथि निसाना साधिन्छ

 नाजिहा सैयद अली

‘फोहोर गाली गर्दै पेस्तोल तेर्साइएको थियो,’ हजामले पत्रकार अजय लालवानीमाथि भएको आक्रमणका बारेमा बताउँदै भने। मार्च १७ को साँझ पत्रकार लावानीले सीधै प्रान्तको सुक्कुर जिल्लास्थिति सलेह पतमा हजामकोमा बसेर दाह्री बनाइरहेका थिए।

विद्युत् आपूर्ति काटिएका कारण बाहिरतिरको सडक अँध्यारो थियो। आपत्कालीन दुईवटा वल्ब उपलब्ध गराइएका कारण भित्रमात्र उज्यालो थियो। ‘एकजनाले मलाई मेरो पसलको पछाडि जान आदेश दियो’, हजाम खलिल अहमेदले स्मरण गर्दै भने। यत्तिकैमा गोली चल्यो।  

अजय बसेको कुर्सीमा दुईवटा गोलीको प्वाल देख्न सकिन्थ्यो। आसपास रक्ताम्मे थियो। अजयलाई अस्पताल लगियो। तर उनको अर्काे दिन मृत्यु भयो। २७ वर्षीय पत्रकार अजयको हत्या गरेर ‘बाधा अवरोध’ पन्छाउने काम गरिएको थियो। पत्रकार अजयले स्थानीय निकायहरूसँग कठिन प्रश्न तेर्साउँथे।  

आज विश्व प्रेस स्वतन्त्रता दिवस। यदि पत्रकारहरूले सत्ताका बारेमा सत्य बोल्ने प्रयास गरेभने त्यसबापत उनीहरूले चुकाउनुपर्ने मूल्यबारेमा अप्पर सिन्धका पत्रकारको अनुभव पर्याप्त छ। पत्रकारमाथि धम्की, आक्रमण, अपराध गरेको आरोपमा मुद्दा वा हत्यासमेत हुनसक्छ।  

इन्टरनेसनल फेडेरेसन अफ जर्नालिस्टले पत्रकारिता अभ्यास गर्दा मोल्नुपर्ने जोखिमका हिसाबले पाकिस्तानलाई पाचौँ जोखिमयुक्त ठाउँका रुपमा वर्गीकृत गरेको छ। सन् १०९० देखि २०२० सम्म पाकिस्तानमा एक सय ३८ जना पत्रकारले ज्यान गुमाएका छन्। पाकिस्तानका मिडियाकर्मी आतंकवादी, आपराधिक समूह, सरकारी निकाय र सुरक्षा निकायको निसानामा परेका छन्।  

‘पत्रकारितालाई यहाँ बन्धक बनाइएको छ’, अबतक न्युजका सुक्कुर जिल्लाका ब्युरो प्रमुख इमदाद फुलपोटोले भने, ‘हामीले घर छोड्दा परिवारलाई फेरि भेट्न पाउछौँ कि पाउँदैनौँ भन्ने थाहा हुँदैन।’पाकिस्तानको अप्पर सिन्धका नामले परिचित यो क्षेत्रमा दमनकारी सामन्ती व्यवस्थाको अभ्यास भइरहेको छ। पुलिसहरूले कानुन पालना गराउने जिम्मेवारीलाई पूरा गर्नुको सट्टा उनीहरूको भूमिका फरक देखिन्छ। सुक्कुरमा मात्र विभिन्न पत्रकारविरुद्ध १८ महिनामा कम्तीमा २५ वटा नक्कली एफआइआर दर्ता गरिएको छ। 

पाकिस्तानमा युद्धको घोषणा गरेको, पैसाका लागि अपहरण गरेको तथा बलात्कार गरेको लगायतका आरोप पत्रकारमाथि लगाइएको छ। सिन्ध टिभीका लागि अप्पर सिन्धकै लार्काना जिल्लास्थित बदाह सहरका ब्युरो प्रमुख जाइव अलीले बदाहमा अवैध मदिराको बिक्री भइरहेका बारेमा रिपोर्टिङ गरिरहेका थिए। सोही रात उनका भाइ जुवा खेलेको आरोपमा पक्राउ परे। अबामी फोरम समाचारपत्रका अली राजालाई वन फँडानीको रिपोटिङ गरेको आरोपमा प्रहरीले पक्राउ गर्‍यो। उनलाई हत्या गरेर मुठभेडमा मारिएको बताउने भन्दै धम्की दिइयो।

पत्रकारितामा सुधारका लागि पहिलो प्रयास भनेको पत्रकारहरूका लागि सुरक्षित वातावरण हो। मानवअधिकार मन्त्रालयले पत्रकारको सुरक्षा र मिडिया प्रोफेसनल्स विधेयकको मस्यौदा तयार गरेको केही समय भएको छ। मिडियाले जुन असहज वातावरणमा काम गर्छन्, त्यसका लागि यस किसिमको कानुन तत्कालै आवश्यक छ।  

सन् २०१९ मा एक टेलिभिजन च्यानलले शिकारपुरमा कुकरले टोकेको एक युवकले रेविज भ्याक्सिन नपाएर आमाको काँधमा प्राण त्यागेको भिडियो बजाएको थियो। उक्त भिडियो भाइरल भयो। सिन्ध सरकारले रिपोर्टमाथि रोष प्रकट गर्‍यो। उक्त रिपोर्टरका सहकर्मीका अनुसार उक्त च्यानललाई कुकुरले टोकेको त्यस किसिमका घटनासम्बन्धी रिपोर्ट प्रसारण नगर्न आदेश दिइएको थियो। र, उक्त च्यानलले सरकारको आदेश पालना गर्नुपर्‍यो। त्यसैगरी पाकिस्तानका टेलिभिजन समाचार डेक्समा अपरिचित नम्बरबाट फोनहरू आउँछन्। अप्पर सिन्धमा गुप्तचर निकायहरूले पत्रकारसँग खासै कुरा गर्दैनन्। अधिकांश पत्रकार संवेदनशील विषयमा समाचार लेख्नै चाहँदैनन्।  

यो कुरा प्रष्ट छ कि, पाकिस्तानमा मिडिया आर्थिक संकटसँग जुधिरहेका छन्। ठूलो परिमाणमा पत्रकारको कटौती र सेवा सुविधामासमेत कटौती भइरहेको छ। अधिकांश जिल्ला सम्वाददातालाई तलब दिइएको छैन। विशेषगरी सिन्धी मिडियामा। यस्तो प्रवृत्तिले समाचार सम्प्रेषणका नाममा भ्रष्टाचारलाई प्रोत्साहन गर्छ। निश्चित रुपमा पत्रकारिताप्रतिको इमानदारी अहिले पनि देख्न सकिन्छ। तर यसलाई तलबधारी संवाददाता वा परिवारका सदस्यको जागिरबाट आम्दानी गर्नेले मात्र कायम राख्न सक्छन्।  

यस्तो अवस्था सधै थिएन। सिन्धी मिडियाहरू प्रगतिशील सिकाइका लागि परिचित थिए। ‘८० को दशकको अन्त्यतिर सोभियत संघको अन्त्यसँगै उक्त प्रान्तका सबै वामपन्थीहरू पत्रकारितामा गए,’ लार्कानाका लागि केटिएनका ब्युरो प्रमुख मसहुक ओड्हानोले भने। त्यो विद्युतीय मिडियाको जमाना थियो। अनुभवी पत्रकार त्यतिबेला पत्रकारितामा योग्य जनशक्तिको आपूर्ति नभएको बताउँछन्।  

पत्रकारितामा सुधारका लागि पहिलो प्रयास भनेको पत्रकारहरूका लागि सुरक्षित वातावरण हो। मानवअधिकार मन्त्रालयले पत्रकारको सुरक्षा र मिडिया प्रोफेसनल्स विधेयकको मस्यौदा तयार गरेको केही समय भएको छ। मिडियाले जुन असहज वातावरणमा काम गर्छन्, त्यसका लागि यस किसिमको कानुन तत्कालै आवश्यक छ।

प्रकाशित: २० वैशाख २०७८ ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App