३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना हटस्पटबाट आउने यात्रुको व्यवस्थापन भद्रगोल

कोरोना हटस्पोट नेपालगंज सुर्खेतदेखि आउने यात्रुको व्यवस्थापन जुम्ला विमानस्थलमा प्रभावकारी हुन सकेको छैन। नेपालगञ्ज, सुर्खेतदेखि आउने र जुम्लादेखि जाने यात्रुको व्यवस्थापन भद्रगोल नै देखिएको हो। राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाले जुम्ला विमानस्थलमा गरेको अनुगमनका क्रममा जहाजबाट आउने यात्रुबाट नै कोरोना संक्रमणको खतरा देखिएको पाइएको हो।  

मानवअधिकार अधिकृत किरण बरम तथा सूचना अधिकारी बिना सावधानी आन्तरिक विमानस्थल हुँदै ह्वारहवारती यात्रु आउन थालेपछि जहाजले कोरोना नै ओसारीरहेको आभाष भइरहेको बताउँछन्।  

कोरोना संक्रमण तीव्र फैलिइरहेको बेला सुर्खेत र नेपालंगजदेखि आउने यात्रु र विमानस्थलको व्यवस्थापनको निकै कमजोर देखियो, उनले भने,‘यो कमजोरीले सिंगो जिल्ला नै कोरोना हटस्पोट बन्न सक्ने खतरा छ। समयमै सरोकारवालाको ध्यान पुगोस।’  

उनले भने,‘विमानस्थलमा न हेल्थ डेक्स छ, नत डाटा रेकर्ड नै। कोरोना हटस्पटबाट धमाधम मानिसहरु भित्रिरहेका छन्। विमास्थलमा खेलाँची जस्तै छ। यो स्वास्थ्य र सुरक्षाको हिसावले राम्रो मानिदैन।’

कुन यात्रु कहाँबाट भित्रियो कुनै तथ्यांक राखिएको छैन। विमानस्थलका कर्मचारी ग्लोब नगरि सामान ओसारपसार गरिराखेका छन्। कोरोना हटस्पटबाट आएका सामान, ब्याग सेनिटाइज गरिएको छैन। मानवअधिकार अधिकृत बरमले भने,‘मास्क मुखमा मात्रै लगाउने नाक नछोप्ने, आगन्तुक यात्रुले सामाजिक दूरी कायम नगर्ने, प्रहरीले सामाजिक दूरी कायम गर्न गरिएको आग्रह नमान्ने र यात्रु लिन विमानस्थलमा पुगेको आफन्तले पनि सावधानी नअपनाउने जस्ता कार्य गरेको अनुगमनका क्रममा भेटियो।  

यात्रु ओसारपसार गर्न विमानस्थल पुगेका सवारीसाधनमा समेत सावधानी देखिदैन। विमानस्थल प्रहरीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न निकै पहल गरिरहेको भेटिएको थियो। तर यात्रुले मानिरहेको भेटिएन। जहाजले सेडुल उडान नगरेर चार्टर उडान गर्दा यात्रु मर्कामा परेको समेत अनुगमनमा भेटिएको थियो।  

मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका अनुसार टावरले फेसशील्ड भाइजर अनिवार्य लागु गराइएको भेटिएको थियो। मानवअधिकार अधिकृत किरणले स्थानीय तह। प्रशासनबीच समन्वय अभाव भइरहेको र सबै मिलेर जिम्मेवार बनाउनु पर्ने बताए। उनले भने,‘नत्र जुम्ला, नेपालगंज र सुर्खेत बन्न बेर हुने छैन।’

मानवअधिकार आयोगले मानिसहरुको आगमन भइरहने क्षेत्रमा अनुगमन गर्न थालेको छ। सीमा क्षेत्र र ग्रामिण बजार क्षेत्रमा अनुगमन गर्न थालिएको हो।

प्रकाशित: १८ वैशाख २०७८ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App