८ वैशाख २०८१ शनिबार
समाज

सुदूरपश्चिममा कोराेना संक्रमण तीव्रः १२ घण्टामा ६ जनाको मृत्यु

सुदूरपश्चिममा कोराेनाको संक्रमण तीव्र रुपमा बढ्दै गएको छ । तराईका दुई जिल्ला कैलाली र कंचनपुरमा कोराेनाको संक्रमण बढी देखिएको छ । पछिल्लो १२ घण्टामा कैलाली र कंचनपुरमा ६ जनाको ज्यान गएको छ ।

महाकाली प्रादेशिक अस्पतालमा पछिल्लो १२  घण्टामा ३ जनाको ज्यान गएको छ । महाकाली अस्पताल व्यवस्थापक दिपेन्द्र सिंह रावलले बिहीबार दिउँसो १ बजेसम्म अस्पतालमा रहेका ४ जनाको शव अन्तेष्टीका लागि पठाउने तयारी भैरहेको बताए । भीमदत्त नगरपालिका १९ का ३१ वर्षीय युवकको बिहीबार बिहान १ बजे,दोधारा चादनी नगरपालिकाका १ का ३० वर्षीय युवकको बुधबार राती १२ बजे, भीमदत्त नगरपालिका १८ का ३६ वर्षीया माहिलाको बिहीबार बिहान ७ बजे कोराना संक्रमणबाट मृत्यु भएको रावलले बताएका छन् । 

यसैगरि मंगलबार महेन्द्रनगरको भरोसा मेडिकलमा मृत्यु भएका भीमदत्त नगरपालिका १९ का ३३ वर्षीय एक पुरुषको स्वाब जाँच गर्दा कोरोना संक्रमण देखिएको हो । उनीसहित ४ जनाको शव बिहीबार व्यवस्थापन गर्न लागिएको हो ।

यसैगरि सेती प्रादेशिक अस्पतालमा कोराेनाको संक्रमणले पछिल्लो १२ घण्टामा कैलालीका ३ जनाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका ३ का ४५ वर्षीया महिलाको बुधबार राती १२.३० बजे, कैलाली लम्कीचुहा नगरपालिका २ का ३३ वर्षीय पुरुषको बिहीबार बिहीबार ११ बजे र घोडाघोडी नगरपालिका १० का ६० वर्षीय पुरुषको बिहीबार ११.४५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताएका छन् ।

कोराेनाको संक्रमण तीव्र रुपमा बढेर सेती प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पतालमा आईसियु, भेन्टिलेटर भरिएर संक्रमितलाई समस्या हुन थालेको छ । दोश्रो लहरको कोरोनाको संक्रमण फैलिएसँगै जटिल र कडा लक्षणका संक्रमितको संख्या बढेको छ । 

प्रकाशित: १६ वैशाख २०७८ ०८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App