२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना भाइरस संक्रमित एक जना पुरुषको उपचारका क्रममा बिहीबार विराटनगरमा मृत्यु भएको छ।

मोरङको कटहरी–४ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ११ः३० बजेतिर मृत्यु भएको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रले जनाएको छ। वैशाख ६ गते संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि भर्ना गरिएको अस्पतालका संयोजक एपोलो भगतले बताए।    

पछिल्लो समय ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएका पुरुषमा मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको हुँदा अवस्था गम्भीर बन्दै गएपछि थप उपचार गर्दागर्दै मृत्यु भएको भगतले जानकारी दिए।

प्रकाशित: ९ वैशाख २०७८ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App