१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

एकल पुरुषलाई पनि भत्ता

केन्द्र सरकारले एकल महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएकोमा ललितपुरको वाग्मती गाउँपालिकाले भने एकल पुरुषलाई पनि भत्ता दिएको छ। गाउँपालिकाले विगत ३ वर्षदेखि ६० वर्षमाथिका एकल पुरुषलाई महिनाको एक हजार रूपैयाँको दरले भत्ता दिँदै आएको छ। यस वर्ष एकल पुरुष भत्ता पाउनेहरू गाउँपालिकाभर ५० पुगेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जनाए।

उक्त गाउँपालिकाले अर्को अनौठो निर्णय पनि गरेको छ। गाउँपालिकाले ‘जनतासँग अध्यक्ष’ कार्यक्रम घोषणा गरेको छ। उक्त कार्यक्रमअनुसार गाउँपालिकाले ५० हजारदेखि एक लाख रूपैयाँसम्मको कृषि सामग्री किसानलाई प्रदान गर्ने गरेको छ। उक्त कार्यक्रमअन्तर्गत गाउँपालिकाले कृषि फर्म बनाउन अनुदान दिने गरेको छ।

यसका लागि गाउँपालिकाले कार्यविधि पनि बनाएको छ। जनतासँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले पछिल्लो दुई वर्ष वाषिक १ करोड र सुरुको वर्ष ८० लाख रूपैयाँ छुट्याएको लोप्चनले जनाए। ‘जनतासँग अध्यक्ष कार्यक्रमको सही उपयोग होस् भन्नेमा हामी सचेत छौं’, लोप्चनले भने, ‘त्यसैले कार्यविधिसमेत बनाएका छौं।’

प्रकाशित: ६ वैशाख २०७८ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App