१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गाई फर्ममा खुकुरी प्रहार गरी युवकको हत्या

भक्तपुर प्रहरीले हत्या गरी फरार एकजनालाई बिहीबार पक्राउ गरेको छ । जिल्लाको सूर्यबिनायक नगरपालिका वडा नं. ८ सिपाडोल मुलबाटोस्थित कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले संचालन गरेको गाई फर्ममा एउटा युवकको हत्या गरी फरार वर्ष २० का आशिष खुलाल रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका आशिष टहरा बनाई बस्ने गोकुलबहादुरकै छोरा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  

घटनाबारे अन्दाजी चार बजे खबर प्राप्त हुनासाथ नजिक गस्तीमा रहेको प्रहरी टोलीका साथै महानगरीय प्रहरी बृत्त जगातीबाट प्र.ना.उ. राजेश थापाको टोलीले घेराबन्दी गरी अभियुक्तलाई तत्कालै नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्र.उ. तारादेबी थापासमेत घटनास्थलमा पुगी अनुसन्धान गर्दा टिनको टहरामा भित्रबाट चुकुल लगाएको चुकुल फुटाई हेर्दा झ्याल खुल्ला रहेको भुईमा धारिलो हतियारले घाँटी टाउको लगायतका स्थानमा काटेको अवस्थामा अन्दाजी २० वर्षका पुरुष ब्यक्तिको शव फेला परेको र मृतक सोलुखुम्बु घर भई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने अन्दाजी वर्ष २० का ईश्वर राई भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

मृतक ईश्वरले बिहीबार विहान नौ बजे आशिषलाई फोन गरी सिपाडोल आउने जानकारी दिएपछि ईश्वर, महोत्तरी जिल्ला घर भई मनोहरा सुकम्बासी बस्ती तिर बस्ने युनिस योञ्जन र सुनिल बल समेत तीन जना सिपाडोलस्थितमा पुगी आशिषलाई भेटी गाई फर्मको टहरा भित्रबाट चुकुल लगाएर चारै जना ब्यक्तिहरु बसी कुराकानीको क्रममा बादबिवाद भई झै–झगडा हुँदा आशिषले कोठामा भएको खुकुरीले ईश्वरलाई प्रहार गर्न थालेपछि युनिस योञ्जन र सुनिल बल झ्यालबाट भाग्न सफल भएको, ईश्वर राईको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न बुझिन आएको प्रहरीले जनाएको छ । 

घटनास्थलमा रगत लागेको खुकुरी फेला परेको घटना सम्बन्धमा घटनास्थल तथा लाशजाँच प्रकृति मुचुल्का लगायतको कार्य गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ 

प्रकाशित: २ वैशाख २०७८ १६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App