१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेपाल ट्रष्टले खाली गरायो काठमाडौं प्लाजा

तस्बिर : नागरिक

काठमाडौं प्लाजा खाली गर्न अन्तिम पटक सूचना प्रकाशित गरी चेतावनी दिएको नेपाल ट्रष्टले खाली गर्न नमानेको भन्दै आज त्यहाँ रहेका २ वटा व्यवसायिक कम्पनीहरु सिल गरेको छ।

ट्रस्टले पटक पटक सूचना प्रकाशित गर्दा पनि खाली नगरेको भन्दै उक्त प्लाजामा रहेका कम्पनीहरु  सिल गरेको जनाएको छ। काठमाडौं प्लाजामा रहेको ज्योति विकास बैंकले ४ दिन भित्र सामान सार्ने भनेकोले त्यसलाई भने हटाइएको छैन। त्यही रहेको मुक्तिनाथ विकास बैकको प्रमुख   कार्यालयलाई नेपाल राष्ट्र बैंकको अनुरोधमा केही समयको लागि त्यही संचालन गर्न दिइने ट्रष्टले जनाएको छ।  

ट्रष्टले चैत्र ३१ गतेसम्मको म्याद राखेर सूचना जारी गरि उक्त मितिसम्म काठमाडौँ प्लाजा भवन खाली नगरे कारबाहीमा उत्रने चेतावनी दिएकोले   खाली गराएको सहसचिव एवम नेपाल ट्रष्टका प्रवक्ता भिष्म कुमार भूसालले जानकारी दिए।  

यस अघि ट्रस्टको कार्यालयले उक्त भवन काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरेकाले यदि सो समयमा खाली नगरे कानुन बमोजिम सो भवनमा व्यवसाय गर्ने सबैलाई कारबाही चलाइने नेपाल ट्रस्टले जनाएको थियो। 

प्रकाशित: २ वैशाख २०७८ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App