काठमाडौंमा ग्यास आपूर्ति सहज बनाउन ५० हजार सिलिन्डर ल्याइने भएको छ।
ग्यासको समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले शुक्रबार ग्यास उद्योगी तथा सम्बन्धित सरोकारवालासँग छलफल गरेका हुन्। छलफलमा आपूर्ति सहज बनाउन आवश्यक समन्वय र वैकल्पिक व्यवस्थाबारे कुरा भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने भए पनि तत्काल आपूर्ति सहज बनाउन ग्यास उद्योगीहरूले ५० हजार सिलिन्डर ग्यास ल्याउने प्रतिबद्धता जनाएका छन्।
मन्त्रालयले कृष्णभीरको पहिरोले भदौ १४ गतेदेखि सडक अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौं आउन नसकेर आपूर्तिमा समस्या भएको उल्लेख गरेको छ।
प्रकाशित: २७ भाद्र २०८३ १०:२६ शनिबार



-600x400.jpg)
-600x400.jpg)
