२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चितवनमा ट्र्याक्टर दुर्घटनाः पाँचको मृत्यु, १९ जना घाइते

राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्र्याक्टर आज साँझ ७ः३० बजे पुलबाट झण्डै २०० मिटर तल खसेको हो।

घाइतेको उद्वार गरी अस्पताल ल्याइएकामध्ये पाँचको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। घाइतेको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये आठको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।

घाइतेको सङ्ख्या थपिन सक्ने प्रहरीको अनुमान रहेको छ। मृतकको थप विवरण आउन बाँकी रहेको थापाले जानकारी दिए। रासस

प्रकाशित: २९ चैत्र २०७७ १७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App