२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दैलेखमा सासु-ससुरालाई खुकुरी प्रहार

मादक पदार्थ सेवन गरेर दैलेख नौमुले गाउँपालिका–३ कालीकास्थित स्यालाका २८ वर्षीय अनराम रोका मगरले आफ्नै सासु-ससुरालाई खुकुरी प्रहार गरेका छन्। ५५ वर्षीय ससुरा भविलाल रोका मगर र ५२ वर्षीय सासु लालसरी रोका मगरलाई उनले खुकुरी प्रहार गरेका हुन्।

आफ्नी श्रीमतीलाई चार/पाँच महिनादेखि माइतीमा बसालेको भन्दै अनरामले सासु-ससुरालाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुप श्रेष्ठले जानकारी दिए। खुकुरी प्रहारबाट घाइते भएका भविलाल र लालसरीलाई उपचारका लागि स्वास्थ्य चौकी पठाइएको छ।  

डिएसपी श्रेष्ठका अनुसार खुकुरी प्रहार गर्ने अनरामलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०७७ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App