२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अवैध उपभोग्य सामान बरामद

मोरङको रंगेलीबाट ठूलो मात्रामा अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। शुक्रबार साँझ रंगेली नगरपालिका–५ आमगाछीबाट अवैध रूपमा भारतबाट ल्याइएका दैनिक उपभोग्य सामग्री सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। 

भारतबाट अवैध रूपमा को१ख ४४०० नम्बरको मिनी ट्रकमा चामल, चिनी र गहुँलगायत वस्तु ल्याउँदै गर्दा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए। सशस्त्र प्रहरी बल बिओपीले ट्रकसहित तस्करी गरेर ल्याइएको १६ लाख मूल्यबराबरको सामान बरामद गरेको एसपी पौडेलले बताए।  

मोरङको बेलबारीमा किराना पसल सञ्चालन गर्दै आएका भरत साहले अवैध रूपमा उक्त सामान ल्याएको प्रहरीले जनाएको छ। ट्रक चेकजाँच गर्ने क्रममा चालक फरार भएको र बरामद सामानसहित ट्रक आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०७७ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App