२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बागलुङ कालिका मन्दिर परिसरमा आगलागीः मन्दिर जोखिममा

फाइल तस्बिर

प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ।

काठेखोला छेउमा रहेको फोहोर व्यवस्थानस्थलदेखि आज सुरु भएको आगो मन्दिरको जङ्गल परिसरमा प्रवेश गरेको हो। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले प्रयास गरिरहेको भए पनि नियन्त्रणमा लिन नसकिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए।  

आगलागीका कारण मन्दिरको पश्चिम पट्टिस्थित जङ्गलमा ठूलो क्षति पुगेको छ। मन्दिर परिसर नजिकै आगो आइपुगेकाले मन्दिर जोखिममा रहेको उनको भनाइ छ। जङ्गलमा कुहिएका काठ, रुखका पात र झार बढी भएकाले नियन्त्रणमा कठिनाइ भैरहेको बताइएको छ। रासस

प्रकाशित: २१ चैत्र २०७७ १२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App