३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बडुखोला र भण्डारी मूलको पानी टोखाका घरघरमा पुर्‍याइने

टोखा नगरपालिकाले बडुखोला र भण्डारी मूलको पानी नगरवासीको घरसम्म पुर्‍याउने भएको छ। नगर क्षेत्रभित्रका बासिन्दालाई स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यअनुसार टोखा नगरपालिका–१ मा रहेको बडुखोला र भण्डारी मूलको पानीलाई जनताका घरघरमा पुर्‍याउन लागिएको नगरपालिकाले जनाएको छ।  

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बडुखोला र भण्डारी मूलको पानीलाई ट्याङ्कीमा जम्मा गरेर घरघर पुर्‍याउन लागिएको बताए। “बडुखोला र भण्डारी मूलको पानी व्यवस्थित गरेसँगै टोखा वडा नं १, २ र ३ का जनतालाई खानेपानीका लागि सहज हुनेछ”, उनले भने।  

उक्त पानीलाई तारकेश्वर नगरपालिकामा समेत लैजान लागिएको छ। तारकेश्वर नगरपालिकाको उत्तरी क्षेत्रका जनतालाई खानेपानी पुर्‍याउन लागिएको नगरप्रमुख अधिकारीले बताए। टोखा नगरपालिकाले उक्त पानीलाई टोखा र तारकेश्वरमा लैजानका लागि सर्भेको काम अगाडि बढाएको छ।  

टोखा र तारकेश्वरको उत्तरी क्षेत्रमा पानीको प्रशस्त स्रोत भए पनि दक्षिण क्षेत्रका बासिन्दालाई भने मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण गर्न लागिएको छ। गोंगबु, धापासी, नेपालटार क्षेत्रमा मेलम्चीको पानी लैजानका लागि पाइपलाइन खन्ने काम भइरहेको छ।

प्रकाशित: २० चैत्र २०७७ ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App