भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पाँच जिल्ला प्रभावित भएका छन्।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका ४९ वडा प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सरकारले ५ जिल्लाका १५ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।
रसुवाका ४ वटा गाउँपालिका उत्तरगया, गोसाईंकुण्ड, आमाछेदिङमो र कालिका गाउँपालिकाका ११ वटा वडा प्रभावित भएका छन्।
त्यस्तै त्यस्तै, नुवाकोटका तारकेश्वर गाँउपालिका, किस्पाङ गाउँपालिका, विदुर नपा, बेलकोटगढी नपाका ११ वटा वडा र धादिङका गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिकाका गरी १८ वटा वडा प्रभावित भएका छन्।
यस्तै, गोरखाको गण्डकी गाउँपालिकाका ५ तथा तनहुँका देवघाट गाउँपालिका र आँबुखैरिनी गाउँपालिका गरी ४ वटा प्रभावित भएका छन्।

प्रकाशित: १५ भाद्र २०८३ १३:०२ सोमबार


-600x400.jpg)
-600x400.jpg)

