९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

४० वर्षपछि छोरो भेट्दा…

भारतका जेलमा ४० वर्ष बन्दी जीवन विताएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) घर आइपुगेका छन्। तिम्सिना इलाम लुम्बाकस्थित घर पुगेर भेटघाट गरेका छन्। घरमा ८५ वर्षीया आमा धनमायाले उनलाई स्वागत गरेकी थिइन्। तिम्सिना गाउँ आउन लागेपछि आफन्त र गाउँलेहरु भेला भएर स्वागत गरेका थिए।  

तिम्सिना शनिबार कोलकातास्थित दमदम जेलबाट मुक्त भएका थिए। फर्किदैन कि भनेको छोरा घरमा आउँदा निकै हर्ष लागेको धनमायाले बताएकी छन्।

कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्ध रोयले तिम्सिनाको मुद्दामा फैसला गरेका थिए। दीपकको पक्षमा अधिवक्ता हिरक सिन्हाले निःशुल्क बहस गरिदिएका थिए। 

इलामको तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा ९हाल फाकफोकथुम गाउँपालिका० का २० वर्षे दीपक २०३७ साल माघमा मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका थिए। त्यसयता घर नफर्केका उनी जिउँदै छन् या छैनन् भन्ने पनि परिवारजनलाई थाहा थिएन। घरबाट हिँडेपछि उनी दार्जिलिङमा रोजगारी गर्न गएको र त्यहाँको चिया कमानमा काम गर्दा एउटी महिलाको हत्या अभियोग लागेको थियो।  

प्रकाशित: ८ चैत्र २०७७ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App