coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ट्राफिक व्यवस्थापनमा बागलुङ उत्कृष्ट

ट्राफिक व्यवस्थापनमा बागलुङ उत्कृष्ट भएको छ। ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरणलगायतमा बागलुङ जिल्ला गण्डकी प्रदेशमा उत्कृष्ट भएको हो। 

गण्डकी प्रदेश ट्राफिक कार्यालयले अन्तर कार्य सम्पादन मूल्यांकनमा बागलुङ जिल्ला ट्राफिक कार्यालयलाई उत्कृष्ट भएको बताइएको छ। उक्त मूल्यांकनमा स्याङ्जा जिल्ला दोस्रो भएको छ।

गण्डकी प्रदेश ट्राफिक कार्यालयले फागुन महिनादेखि कार्य सम्पादनका आधारमा अन्तर एकाई कार्यसम्पादन मूल्यांकन गर्ने जनाएको थियो। मासिक रूपमा हुने मूल्यांकनमा प्रथम र दोस्रो हुनेलाई उत्कृष्ट घोषणा गर्दै नगदसहित सम्मान गर्ने बताइएको थियो।  

फागुनमा बागलुङ प्रथम र स्याङ्जा दोस्रो भएको गण्डकी प्रदेश ट्राफिक कार्यालयका डिएसपी ठगबहादुर केसीले बताए।

कार्य सम्पादन मूल्यांकनमा प्रथम र दोस्रो हुने जिल्ला ट्राफिक कार्यालयका प्रमुख र सम्बन्धित कार्यालय प्रमुखले उत्कृष्ट ठहर्‍याएको २ जना ट्राफिक प्रहरीलाई नगदसहित सम्मान गरिने गण्डकी प्रदेश ट्राफिक कार्यालय पोखराका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार फागुन महिनामा उत्कृष्ट हुने बागलुङ र स्याङ्जा जिल्ला ट्राफिक कार्यालयलाई बुधबार एक कार्यक्रम गरी सम्मान गरिएको छ।  

कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकाललगायतले सम्मान गरेका थिए।

प्रकाशित: ६ चैत्र २०७७ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App