१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मेयर उद्यमशिलता अभिमुखीकरण सुरु

चाँंगुनारायण नगरपालिकाको आयोजनामा शुक्रबारदेखि दुईदिने मेयर उद्यमशिलता विकास कार्यक्रमको अभिमुखीकरण सुरु भएको छ । शुक्रबार पहिलो दिन चाँंगुनारायण नगरपालिका वडा नं १ देखि ५ सम्मका वडाबासीका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो । दोश्रो तथा अन्तिम दिन चाँंगुनारायण नगरपािलका वडा नं ६ देखि ९ सम्मका वडाबासीका लागि अभिमुखीकरण गरिने जनाइयो ।  

अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन यो योजनाले सहयोग गर्ने विश्वास व्यक्त गरे । चाँंगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले पहिलो पटक यो वर्षदेखि कार्यक्रम लागू गरेको जनाए । मिश्रले कार्यक्रमलाई अर्काे वर्ष पनि निरन्तरता दिने योजना रहेको सुनाए ।  

अभियमुखीकरण कार्यक्रम अन्तर्गत कार्यक्रममा सहभागी हुन इच्छुक युवाहरुलाई प्रशिक्षण दिइयो । प्रशिक्षणपछि उनीहरुको परीक्षा पनि लिइएको थियो । परीक्षामा उतीर्ण युवाहरुलाई पाँंच वर्षका लागि तीन लाख रुपैयाँ निर्वाज्यी प्रदान गरिने जनाइएको छ ।

प्रकाशित: २१ फाल्गुन २०७७ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App