१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अवैध काठका फर्निचरसहित ट्याक्टर र चालक नियन्त्रणमा

ट्याक्टरमा बरामद अवैध काठका फर्निचर । तस्बिरः महेश्वर

उदयपुर प्रहरीले अवैध तयारी काठसहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ। जिल्लाको बेलका नगरपालिका ९ जरायोखोलास्थित मदन भण्डारी लोकमार्ग भएर पूर्वतर्फ जाँदै गरेको स १ त ७९१६ नं. को ट्याक्टरमा चेकजाँच गर्ने क्रममा साँखु जातका काठको तयारी फर्निचर पक्राउ परेको हो।  

इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको टोलीले ट्याक्टरमा लोड गरेर सुनसरीको बराहक्षेत्रतर्फ जाँदै गरेको लो बेड, बक्स पलङ, आराम कुर्सी, बेन्च १–१ थान तयारी फर्निचर बरामद गरेको हो। काठका तयारी सामानको कानुनी आधार नखुलेका कारण अवैध भएको ठहर गर्दै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए।  

प्रहरीले उक्त फर्निचर बराहक्षेत्र नगरपालिका २ बयरवन बस्ने ३६ वर्षीया धनु राईको भएको जनाएको छ। ट्याक्टर चालक बेलका नगरपालिका ९ का २४ वर्षीय कृष्णबहादुर शाही ठकुरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। लगभग १ लाख रुपैयाँ बराबरको काठसहित पक्राउ व्यक्ति र ट्याक्टरलाई थप कारबाहीका लागि सब डिभिजन कार्यालय रामपुर ठोक्शीलामा बुझाइएको एसपी दाहालले बताएका छन्।

प्रकाशित: १८ फाल्गुन २०७७ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App