१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रजिअ, सहायक प्रजिअ र प्रहरी प्रमुखको एकैपटक सरुवा

क्याप्शन

गृहमन्त्रालयले गोरखाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको एकैदिन सरुवा गरेको छ । प्र्रजिअ तीर्थराज भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री र प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङको शुक्रबार सरुवा गरेको हो ।

प्रजिअ भट्टराईलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ भने गोरखाको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयमा कार्यरत सहसचिव शालिग्राम पौडेललाई खटाएको हो ।  

सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई पर्वतमा प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । गोरखाको सहायक प्रजिअको पदमा भने जिल्ला प्रशासन कार्यालय बझाङबाट कमलराज भण्डारी आउने भएका छन् । त्यस्तै गोरखाका प्रहरी प्रमुख सुरेन्द्र गुरुङलाई सरुवा गरी अपराध अनुसन्धान बिभाग सुरक्षा सेवा ब्यवस्थापन महाशाखामा पठाएको छ ।

गोरखाको प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय काठमाण्डौँबाट एसपी शेखर खनाल आउने भएका छन् ।

प्रकाशित: १५ फाल्गुन २०७७ ०९:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App