१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ब्राउन सुगर सहित ४ युवा पक्राउ

प्रहरीले कंचनपुरमा व्राउन सुगर सहित ४ युवालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगर सहित ४ युवा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताएका छन ।

शुक्लाफाँटा नगरपालिका वडा नं १० झलारी बस्ने २९ बर्षिय विक्रम ठकुल्ला र २९ बर्षिय दिपेन्द्र सुनारालाई शुक्रवार बिहान तयार पारेर राखिएको ४५ पाकेट (३.३० ग्राम) र खुल्ला ४.८० ग्राम गरि ८.१० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरी नायव उपरिक्षक थापाले बताएका छन । लागु औषध ओसार पसार गर्न प्रयोग गर्ने गरेको होण्डाईको एक कार र नगद ५४ हजार १ सय ७० पनि बरामद गरेको उनले बताए । यसैगरि बिहिवार बेदकोट नगरपालिका वडा नं १० का ३० बर्षिय महेश बिष्ट, २३ बर्षिय पुष्पमणी थापालाई २ ग्राम ४ सय ८० मिलिग्राम ब्राउन सुगर र १ ग्राम १ सय ५० मिलिग्राम चरेश सहित पक्राउ गरेको उनले बताए ।  

सुदूरपश्चिमको कैलाली र कंचनपुरमा व्राउन सुगर लगायतका लागु औषधको बढ्दो प्रयोगले समाजमा अपराधका घटनामा समेत बढ्दै गएका छन । खुला सिमाका कारण दुवै देशका व्यक्तीहरु रहेको लागु औषधको कारोवार गर्ने संन्जालले भारतवाट ब्राउन सुगर लगायतको लागु औषध भित्र्याएर याहाँका युवाहरुलाई बिक्री बितरण गर्ने गरेको प्रहरीले बताएको छ । लागु औषध प्रयोग गर्नेमा बिद्यालय, कलेज बढ्ने कलिला बिद्यार्थी समेत रहेका छन । लागु औषधको प्रयोगले कयौले अकालमै ज्यान गुमाईसकेका छन ।

प्रकाशित: १४ फाल्गुन २०७७ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App