१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्दयी दुई आमा! जसले नवजात शिशुलाई जन्माइ मारेर हिँडे

जन्मदिने आमा कति हृदयी वा निर्दयी हुन सक्लान्? आमाको न्यानो माया पाउनेहरुलाई आमाको हृदयी मनको महसुस हुन्छ। तर ताप्लेजुङमा भने अवैध नवजात शिशुलाई जन्माइ कर्तव्य गरी मार्ने दुईआमालाई प्रहरीले एकसाथ पक्राउ गरेपछि निर्दयी आमा कस्ता होलान् भनेर जान्न कठिन भएन। प्रहरीले मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राको मैखु र फक्ताङ्लुङ गाउँपालिका वडा नं २ खेजेनिमको धोद्रे गुम्बाडाँडा नजिक अन्दाजी ८–९ महिना जस्ता देखिने २ नवजात शिशुलाई जन्माइ कर्तव्य गरी मार्ने दुई आमालाई पक्राउ गरेको हो।  

सान्थाक्राको मैखुमा अवैध नवजात शिशु जन्माइ कर्तव्य गरी मारेको अभियोगमा पक्राउ पर्नेमा २२ वर्षीया र फक्ताङ्लुङ गाउँपालिका वडा नं २ खेजेनिमको धोद्रे गुम्बाडाँडा नजिक पक्राउ पर्नेमा ३७ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ। अवैध शिशु जन्माइ कर्तव्य गरी मारेको अभियोगमा पक्राउ पर्ने महिलाको परिर्वतित नाम मात्र खुलाइएको छ। प्रहरीले सार्वजनिक गरेका परिवर्तित नाममा दुबैको थर भने शेर्पा उल्लेख गरिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा दुबैको अवैध रुपमा गर्भ रहन गइ नवजात शिशुलाई जन्माइ कर्तव्य गरी मारेको निश्कर्ष निकालेको छ।  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)बालनरसिंह राणाले निरन्तरको प्रहरी प्रयासपछि घटनालगत्तै अभियुक्त पक्राउ गर्न सफल भएको जानकारी दिए। प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा भएको अनुसन्धानको यो घटनाले तत्कालै दोषी पत्ता लगाइ पक्राउ गर्न सफल भएको भन्दै डिएसपी राणाले यस कार्यमा पाएको सफलताप्रति पोखरेल नेतृत्वको टिमलाइ धन्यवाद दिएका छन्। केही समय अघि प्रहरीको दीर्घकालिन अनुसन्धान तालिम समेत पूरा प्रहरी निरीक्षक पोखरेल प्रहरीभित्र कुशल अनुसन्धान अधिकृतको रुपमा चिनिएका छन्। ‘म आउने बित्तिकैको तर प्रनि पोखरेल अगुवाइ टीमको यो सफल अनुसन्धान र मिसनले प्रहरीको शिर उचो बनाएको छ’डिएसपी राणाले भने। पोखरेल यसअघि मेरिङ्देन गाउँपालिका वडा नं ५ थुकिमामा आफ्नै भाइद्वारा गरिएको दाजुको हत्या प्रकरणको सफल अनुसन्धान र दोषी पक्राउ गर्ने मिसन पूरा गरे बापत उत्कृष्ट प्रहरी अधिकृतबाट समेत सम्मानित भइ सकेका छन्।  

सामान्यतया नवजात शिशुको कर्तव्य प्रकरणको लामो समय शिशु कसको हो र कसले कर्तव्य गर्‍यो भन्नेमा उल्झन आउने गर्छ। प्रहरी निरीक्षक पोखरेलले अनुसन्धान प्रकृयाको अनुभव, स्रोत परिचालन, सूचना संकलन र घटनाको तथ्यगत पुष्टीलाई आधार मानेर गरिएको सुक्ष्म अनुसन्धानबाट घटनाका दोषी तत्कालै कानुनी दायरामा आउन सफल भएको बताउँछन्।

प्रकाशित: ११ फाल्गुन २०७७ ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App