१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङका प्रहरी प्रमुख भन्छन्ः निष्पक्ष काम गर्ने भएकोले अनावश्यक दबाब अस्वीकार्य

ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाले आफू निष्पक्षताको पक्षपाति भएकोले निष्पक्ष काम गर्ने प्रकृयामा दबाब नदिन सम्वन्धित सबैलाई आग्रह गरेका छन्। ताप्लेजुङको नयाँ प्रहरी प्रमुख भएर आएका डिएसपी राणाले पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा आफू निष्पक्ष र तटस्थ ढंगले काम गर्ने मनशायमा रहेको दोहार्‍याए।  

उनले शान्ति सुरक्षा र अमनचयनका शिलसिलामा कसैसंग सम्झौता नहुने र नगर्ने पनि बताए। राजनीतिक दलहरुसहित सर्वपक्षिय छलफलका क्रममा आफुलाइ निष्पक्ष भइ काम गर्न सुझाव आएको स्मरण गर्दै डिएसपी राणाले आफू त्यो क्रममा अलिकति पनि नझुक्ने प्रतिबद्धता व्यक्त गरे। ‘निष्पक्ष भइ काम गर्न आएको हरेक क्षेत्रको सुझावका आधारमा म निष्पक्षताको कडीबाट एक इञ्च पनि झुक्दिन’राणाले भने, ‘त्यहिँ भएर मलाइ कसैले शान्ति सुरक्षा र अनुसन्धानका सवालमा दबाब दिएको स्वीकार्य पनि हुँदैन।’ उनले अपराधिक प्रवृतिका मान्छेलाइ कानुनले जोगाउन नसक्ने भएकोले यस्ता विषयमा अनावश्यक दबाब आफ्ना लागि सैह्य नहुने बताए।  

शान्ति सुरक्षा कायम गर्नेदेखि बाहेक आफ्नो पहिलो नजर ट्राफिक व्यवस्थापन,लागु औषध प्रयोग नियन्त्रण,मादक पर्दाथ खाइ गरिने अनावश्य होहल्ला र अवाञ्चित गतिविधि नियन्त्रण र अनियन्त्रित सवारीको गति नियन्त्रणसहितका कार्य रहेको उनले बताए। बजार क्षेत्र भित्र बनेको अस्तव्यस्त सवारी पार्किङ प्रकृयाका लागि चाँडै बिशेष कार्ययोजना ल्याउने राणाले योजना सुनाए। लागुऔषध प्रयोग नियन्त्रणका लागि आफुले यसैसाता भित्र रणनीति तयार पार्ने र त्यसलाई तत्कालै प्रयोगमा ल्याउने राणाको भनाइ छ। बजार क्षेत्रमा हुने सवारीको तीव्र गति नियन्त्रणका लागि आफूले ट्राफिक प्रहरीको साथमा नेपाल प्रहरी समेत खटाएको उनले बताए। ‘गौंडा–गौंडामा बसेर अनियन्त्रित सवारी सञ्चालनलाई नियन्त्रणमा लिने छौं’उनले भने।  

मादक पर्दाथको सेवन र त्यसको प्रभावबाट गरिने अनावश्यक होहल्ला नियन्त्रणका लागि मातहतको प्रहरी टोलीलाइ बिशेष निर्देशन दिइ सकिएको र चाँडै नतिजा आउने समेत उनले बिश्वास लिए। यसबाहेक बजार क्षेत्रमा हुने आगलागीसहितका विपद् व्यवस्थापनका कार्यमा प्रहरीको परिचालनमार्फत समुदाय सचेतीकरण कार्यमा समेत आफ्नो ध्यान जाने कार्ययोजना उनले सुनाए।

प्रकाशित: ११ फाल्गुन २०७७ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App