१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

मंगलबार बिहान महसुस गरिएको भूकम्प धक्काको केन्द्र बिन्दु ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङगोला रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रले बिहान ७ बजेर ३५ मिनेट जाँदा ओलाङ्चुङगोला केन्द्र बिन्दु भएर ५.४ म्याग्नीच्युटको भूकम्प गएको पुष्टि गरेको छ। सो भूकम्पको केन्द्र बिन्दु रहेको ठाउँ ओलाङ्चुङगोलामा भने भूकम्पको धक्का मात्र महसुस भएको तर केही क्षति नभएको स्थानीयले बताएका छन्।  

‘निकै मजाले हल्लाएपनि केही क्षति गरेन’फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता समेत रहेका गोला निवासी छेतेन वालुङले टेलिफोन सम्पर्कमा भने। यसअघि असोज १, २०६८ मा सोहि क्षेत्रलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पले भने ताप्लेजुङभर निकै ठूलो क्षति गरेको थियो।

प्रकाशित: २७ माघ २०७७ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App