२० मंसिर २०७८ सोमबार
समाज

बैतडीमा किशोरीको हत्या

बैतडीमा हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेको प्रहरीले जनाएको छ।

बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरि फालिएको अवस्थामा लवलेक जंगलमा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए।

किशोरीको शव फेला परेको जानकारी आएपछि घटनास्थलमा जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीसहितको प्रहरी टोली खटाएको छ। घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुरसहितको टोली खटिएको डिएसपी अधिकारीले बताए।

भट्टको बलात्कारपछि हत्या गरिएको मृतकका आफन्तले आशंका गरेका छन्। भट्टको शव विभत्स अवस्थामा फेला परेकाले बलात्कार गरी हत्या गरेको हुन सक्ने मृतकका आफन्त शंकर भट्टले बताए।

प्रकाशित: २३ माघ २०७७ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App