पशुपतिनाथ मन्दिरको शिवलिंगमा रहेको चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्ने तयारी भएपछि विवाद बढेको छ। पुरानो जलहरीमा खिया पनि लागिसकेकाले त्यसलाई निकालेर सुनको जलहरी राख्ने तयारी भएको हो।
यसरी जलहरी परिवर्तन गरिनु प्राचीन स्मारक ऐनका साथै शैव दर्शनविपरीत भएको तर्कसहित विरोध सुरु भएको हो। स्मारकसम्बन्धी ऐनले नयाँ संरचना वा वस्तु थप्न निषेध गरेको छ। सरकारले भने सुनको जलहरी राख्ने कार्य अघि बढाइसकेको छ। कोष सञ्चालक समितिको गत बुधबार बसेको बैठकले जलहरी राख्ने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारका तर्फबाट ३० करोड रुपैयाँ उपलब्ध गराउने वचन दिएपछि सुनको जलहरी राख्ने कार्य अघि बढेको छ। तर मन्दिरका पुजारी, स्थानीय र सरोकारवाला व्यक्तिले भने सुनको जलहरी राख्न नदिने बताएका छन्। उनीहरूले ऐतिहासिक महŒवको मन्दिरको कुनै पनि वस्तु वा संरचना चलाउन नहुने अडान राख्दै आएका छन्।
वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले जलहरी फेर्न नदिने बताए। उनले भने, ‘अति महŒवपूर्ण मन्दिरभित्र यस्तो काम हुन हामी दिँदैनौं, मन्दिरका कुनै पनि संरचना चलाउनु भनेको सम्पदा र इतिहास मास्नु हो।’
सरकारले एक वर्षअघि नै नयाँ जलहरी राख्ने योजना बनाएको थियो तर बजेट विनियोजन भएको थिएन। एक वर्षअघि पशुपतिनाथ दर्शनमा आएका भारतीय मूलका एक व्यापारीले एक अर्ब रुपैयाँ सहयोग गर्ने बताएका थिए। सहयोग आउने भएपछि कोषले नयाँ जलहरी राख्ने तयारी अघि बढाएको थियो। सुनको जलहरी राख्न ठूलो रकम लाग्ने भएकाले चन्दा उठाउन कोषले समिति पनि गठन गरेको थियो। जलहरी राख्न करिब एक अर्ब खर्च लाग्ने अनुमान गरिएको छ। यसमध्ये केही रकम चन्दाबाट पनि उठिसकेको छ।
गत सोमबार पशुपतिनाथ मन्दिर पुगेर दर्शन र संकल्प पूजा गरिसकेपछि प्रधानमन्त्री ओलीले बजेट दिने बताउँदै काम अघि बढाउन कोषलाई निर्देशन दिएका थिए। ओलीको निर्देशनपछि कोषले सुनको जलहरी राख्ने प्रक्रिया अघि बढाएको हो। पशुपतिनाथ मन्दिरका पालोवाला भण्डारी विजयराज भण्डारीले सरकारको यो कदम सही नभएको टिप्पणी गरे। उनले जलहरी राख्नुपूर्व पुरातŒवविद्सँग समन्वय आवश्यक रहे पनि कोषले छलफल नगरेको बताए। ‘यो हामीलाई स्वीकार्य छैन र स्मारक ऐनले पनि दिँदैन,’ उनले भने, ‘सुनको जलहरी राख्दा छिटो खिइने डर हुन सक्छ, यसमा जिम्मेवार को हुने ?’
कोषका पूर्वसदस्यसचिव गोविन्द टण्डनको तर्क भने सकारात्मक छ। उनले पशुपतिमा जलहरी राख्ने विषय महŒवपूर्ण रहेको बताए। उनले भने, ‘सम्पदा परिष्कृत नहुने भन्ने होइन, त्यसको महŒव झन् बढाउने गरी परिष्कृत गर्नु राम्रो हो। पहिलेको जलहरी बिग्रिएको छ, सुनको राख्नु निकै सकारात्मक कुरा हो।’
पशुपतिनाथ मन्दिरको शिवलिंगमा रहेको चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्ने तयारी भएपछि विवाद बढेको छ। पुरानो
जलहरीमा खिया पनि लागिसकेकाले त्यसलाई निकालेर सुनको जलहरी राख्ने तयारी भएको हो।

प्रकाशित: १९ माघ २०७७ ०१:२२ सोमबार