८ वैशाख २०८१ शनिबार
समाज

रेड पाण्डाको अवैध कारोबार गर्ने तीन जना पक्राउ

कोहलपुरमा पक्राउ परेको ब्यक्तिहरु । तस्विरः बाँके प्रहरी

प्रहरीले बाँकेको कोहलपुरबाट लोपउन्मुख वन्यजन्तु रेड पाण्डाको अवैध कारोबारमा संलग्न तिन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सुर्खेत भेरीगंगा नगरपालिका–१०का ४० वर्षे दल बहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका–११ का ४२ वर्षे धन बहादुर शाही र सल्यान बनगाड कुपिन्डेदह नगरपालिका–४ का ३३ वर्षे भरत बहादुर पुन रहेका छन ।  

पछिल्लो समय रेडपाण्डाको अवैध कारोबार बढदै गएको छ । प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ पनि गरिरहेको  छ । तर रेडपाण्डाको अवैध कारोबार गर्नेको संख्यामा भने कमी आएको छैन । बाँके प्रहरीले पछिल्लो दुइ महिनामा करिब एक दर्जन ब्यक्तिलाई अवैध रुपमा रेडपाण्डाको कारोबार गरेको आरोपमा पक्राउ गरेर कारबाहीका लागि प्रक्रिया अगाडी बढाइसकेको छ । बुधबार पनि प्रहरीले रेडपाण्डाको कारोबार गर्नेलाई पक्राउ गर्न सफल भएको छ ।  

बाँके कोहलपुर नगरपालिका–१२ चप्परगौरी स्थित दैलेखी होटलमा रेड पाण्डाको छालाको अवैध कारोबार गर्ने क्रममा उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो । रेड पाण्डाको अवैध कारोबार भैरहेको भन्ने सुचना आधारमा प्रहरीले होटलमा छानबिनका लागी टोली पठाएको थियो ।  

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले दैलेखी होटलको कोठा नम्बर १ सय १३ बाट तिन जनालाई पक्राउ गरेको थियो ।  प्रक्राउ परेकाहरुले झोलामा रेडपाण्डाको दुइ थान छाला राखेका थिए । प्रक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको छ ।  

 

 

 

प्रकाशित: १४ माघ २०७७ १४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App