६ वैशाख २०८१ बिहीबार
समाज

मुख्यमन्त्री राई र मोडल जाङ्मुबीच विवाह

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बैबाहिक सम्वन्धमा गाँसिएका छन्। आइतबार मुख्यमन्त्री राई र ज्याङ्मु शेर्पाबीच विवाह भएको छ। काठमाडौंको एक पार्टी प्यालेसमा उनीहरुको विवाह भएको हो।  

भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह भएको हो। ‘मिस मंगोल नेपाल’को ताज पहिरिएकी ज्याङ्मु र मुख्यमन्त्री राईबीच झण्डै दुई दशक बढी उमेर अन्तर रहेको छ।

वैवाहिक समारोहमा दुवै जना किराँती भेषभुषामा सजिएका थिए।

 

 

प्रकाशित: ११ माघ २०७७ १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App