७ वैशाख २०८१ शुक्रबार
समाज

बाक्लो हुस्सु र कुहिरोका कारण हवाई यातायात प्रभावित

तराईका जिल्लामा दुइ दिनदेखी लगातार बाक्लो हुस्सु–कुहिरो बढेपछि हवाई यातायात प्रभावित भएका छन । दुइ दिन देखी बाँके लगायतका जिल्लामा अत्याधिक चिसो बढेको छ । चिसोसँगै कुहिरोका कारण नेपालगन्ज विभानस्थलबाट बिहिबार पनि कुनै उडान हुन सकेको छैन । 

बुधबार नेपालगन्ज विमानस्थलबाट हुने नियमित उडान सबै स्थगित भएका थिए । आज पनि मौसमकारण उडान  हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगन्जका निर्देशक प्रेमनाथ ठाकुरले बताए । बुधबार नेपालगन्जबाट पहाडी तथा हिमाली जिल्ला र काठमाडौ गरी करिब ३० उडान भर्ने तालिका रहेको थियो ।  नेपालगन्जमा विमानले उडान भर्नका लागि कम्तिमा १६ सय मिटर ‘भिजिबिलिटी’ आवश्यक पर्छ । तर बुधबार नेपालगन्ज एयरपोर्टको ‘भिजिबिलिटी’ ५५ मिटरभन्दा बढ्न सकेको थिएन ।  

नेपालगन्ज विमान स्थलबाट साविकको मध्य तथा सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्लासहित काठमाडौं उडान हुने गरेको छ । नेपालगन्जबाट सिमिकोट, बाजुरा, डोल्पा, जुम्ला, मुगु, रुकुम सल्ली, धनगढी र काडमाडौंमा जहाज आवातजावत गर्ने गर्छ ।  

पहाडी र हिमाली जिल्लाको उडान पनि प्रभावित भएको छ । नेपालगन्ज विमानस्थलमा यात्रीहरु भने अलपत्र परेका छन् ।

जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकका अनुसार बुधबार नेपालगन्जमा यो वर्षकै सबैभन्दा कम २० मिटरको भिजिविलिटी थियो ।  

 

प्रकाशित: ८ माघ २०७७ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App