२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जाजरकोट–डोल्पा सडक खण्डमा तुइनको सहारामा तारिन्छ जीप

तस्वीर : बिष्णुप्रसाद देबकोटा

डोल्पालाई राष्ट्रिय सडक सन्जालले छोएको दुई वर्ष पुरा भयो । चार वर्षअघि डोल्पा जाजरकोट सडकको त्रिपुरासुन्दरी नगरपालिकाको छलगाडमा औपचारिक रुपमा उद्घाटन गरिएको थियो । सडक उद्घाटन पछि डोल्पा राष्ट्रिय सडकसंजालसँग जोडिएको खबरहहरु बाहिरिए । सडक संजालमा जोडिएसंगै कष्टपुर्ण दैनिकी सहज र सुखदभई जीवनयापनमा परिवर्तन आउने आशारुपी किरणहरुले डोल्पालीका आँखाहरु खुशिले रसाएका थिए । जाजरकोट रुकुम भएर बग्ने ठूलीभेरी नदिको वल्लो र पल्लो किनार हुदै डोल्पा पुर्याइएको सडकलाई सरकारले भेरी करिडोर नाम दिएको छ । 

जाजरकोट डोल्पा सडक खण्डमा ठूला साना गरेर १४ ओटा पुलहरु बनाउन अझै बाँकी छ । सडक खण्डमा बन्नु पर्ने पुलहरु नबन्दा अझै पनि डोल्पा सिधा सडक यातायातसंग जोडिएको छैन । जसका कारण जाजरकोट डोल्पा सडक खण्डमा तुईनको सहारामा तारिएका जीपहरुको जोखिम अनि कष्टपुर्ण र अपहेलित यात्रा गर्न डोल्पाली बाध्य छन । र्तुनमार्फत महँगो भाडा तिरेर र जोखिम मोलेर तार्नुपर्ने त्रिपुरासुन्दरी नगरपालिका १ का कालुप्रसाद हमालको भनाइ छ ।

 विभिन्न ठाँउमा झर्नु पर्ने र सामानहरु पल्टी गरेर लैजानु पर्ने त्यसैमा अपमानजनक रुपमा जीप चालकहरुले बोल्ने भाषा सहेरेर जोखिमपुर्ण यात्रा गर्नु परिरहेको हमालको गुनासो छ । जीप संचालकहरुले र जाजरकोट नेपालगन्ज संचालन हुने ठुला बसहरुले पनि यात्रुहरुको मर्का नबुझेर मनपरि गर्नाले कहिले काँही तीन दिनको थकाईपुर्ण यात्रा पछि नेपालगन्ज पुगिने गरेको गुनासो अर्का यात्रु विपिन शाहीको छ । नेपालगन्ज जाँदा बीच बाटोमा ठाउँ ठाउँमा गरेर ६ ठाउँमा जीपहरु फेर्नु पर्ने र सामान बोक्नु पर्ने झमेलाले हवाई टिकट भन्दा पनि जीपहरुले असुल्ने भाडादर महँगो हुनुका साथै कष्टपुर्ण दुखद भएको शाहीको भनाई छ । सिधा यातायात नहुँदा बीच बाटोमा जीप फेर्नु पर्ने झमेलाले डोल्पा नेपालगन्ज सम्मको यात्रामा यात्रुहरुले धेरै सास्ती ब्यहोर्दै आएका छन ।

रुटपरमिट विनानै निर्वादरुपमा चल्छन  जीपहरु  

जाजरकोट देखि डोल्पा सम्मको सडक खण्डमा यात्रु सवारको लागि यातायात ब्यवस्था कार्यालयले अहिले सम्म कसैलाई पनि सवारी संचालनको लागि रुटपरमिट अनुमति दिएको छैन । रुटपरमिट अनुमति विनानै जीपहरुले आफ्नो मनपरि रुपमा यात्रुहरु बोक्दै र यात्रुको ढाडै सेक्ने गरि महँगो भाडा असुल गर्दै आएका छन । सिधा सडक सन्जालले नछोएको भए पनि हिमाली जिल्ला डोल्पामा यत्तिखेर डोल्पाको सदरमुकाम दुनैदेखि सुँपानी सम्मको १४ किमि सडक खण्डमा २२ ओटा बोलेरो जीपहरु संचालनमा छन ।त्यस्तै गरेर त्रिपुरासुन्दरी नगरपालिकाको कान्छीबजार देखि खदाँग सम्मको १६ किमि सडक खण्डमा ८ वटा जीपहरु संचालनमा छन ।

जिल्लाका दुबै सडक खण्डमा संचालित जीपहरुले प्रति यात्रु ४ सय रुपैया भाडा असुल्दै आएका छन ।जिल्ला टा«फिक कार्यालय डोल्पाका इन्चार्ज नवराज भट्ट यातायात ब्यवस्था कार्यालयले रुटपरमिट अनुमति नदिएको भएपनि स्थानीय जनताको सहजताको लागि ब्यवहारिक रुपमा जीपहरु संचालन भइरहेको बताउँछन ।आर्थिक वर्ष ०७५र०७६ मा तीन ओटा दुर्घटना ६ जना घाइते ।०७६/०७७ मा ११ वटा दुर्घटना २ जनाको मृत्यु १३ जना घाइते ०७७/ ०७८ मा ६ वटा दुर्घटना १ जना मृत्यु ५ जना घाइते भएको र हाल सम्म १४ जनाको सडक दुर्घटनामा मृत्यु भएको जिल्ला टा«फिक कार्यालय डोल्पाका इन्चार्ज भट्टराईले बताए ।

प्रकाशित: ७ माघ २०७७ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App