२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विपन्नको नाममा ठगी गर्ने पक्राउ

गरिब तथा विपन्नको नाममा ठगी गरेको आरोपमा बुधबार सुनसरी प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रहरीले धनुषा गणेशमान चारनाथ वडा नम्बर ८ का ४७ वर्षीय रामवलीकुमार दनुवारलार्ई पक्राउ गरेको हो। सर्वसाधरणलाई क्यानाडाको टोरेन्टो विश्वविद्यालयलाई साहित्यमा विद्यावारिधी गरेको भन्दै डा. रामवलीकुमार सिंहको परिचय दिएर सरस्वती सिलाई प्रशिक्षण केन्द्रका नाममा ठगी गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ। उनलाई जिल्ला अदालत सुनसरीमा ठगी मुद्दा चलाएर अहिले अनुसन्धान चलिरहेको भइरहेको बताइएको छ।

उनले प्रशिक्षण केन्द्रको केन्द्रीय कार्यालय भैरहवा रूपन्देही र सप्तरीको महुली, सुनसरीको इनरुवा, सिरहा र धनुषा गरि पाँच स्थानमा शाखा स्थापना गरेर तालिम सञ्चालन गर्न भनी समूह बनाउने र ती समूहबाट पैसा असुल्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट जानकारी पाएको छ। पक्राउ परेका सिंहले सिलाई-कटाई, साबुन बनाउने, मैनवत्ति बनाउने, राहत वितरण गर्ने नाममा सर्वसाधरणलाई समूहमा सहभागी गराएर प्रति व्यक्ति एक हजार रूपैयाँ असुल्दै आएको खुलेको हो।

उनले गरिब र विपन्नलाई लक्षित गरी क्यानडाको तिलिजा रोवर्ट नामको संस्थासँग समन्वय गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने भनेर सर्वसाधरणमा भ्रम छरेर प्रत्येक समूहमा आवद्ध सदस्यसँग शुल्क उठाएको पाइएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सरस्वती सिलाई प्रशिक्षण केन्द्रको दर्ता नम्बर ५९१६ प्रमाणपत्रमा उल्लेख गरेपनि नक्कली भएको पुष्टि भएको छ।  

उनले संस्थामा आफ्नो पद महानिर्देशक भएको र तलब प्रतिमहिना एक लाख डलर भएको बताउने गरेको प्रशिक्षण केन्द्रमा कर्मचारी स्वास्थ्य निरीक्षक, उपमहानिर्देशक, कार्यालय प्रमुख, सहायक कार्यालय प्रमुख, लेखापाल, स्वकिय सचिव, निरीक्षक, कार्यालय सहयोगी र गार्डलगायतको पद सिर्जना गरेर केहीलाई नियुक्ति समेत गरेको पाइएको छ। कर्मचारीलाई दर्जा अनुसार ११ हजारदेखि ५४ हजारसम्म पारिश्रमिक निर्धारण गरेको प्रहरीले पुष्टि गरेको छ। घरभाडामा लिएर कार्यालय स्थापना गरेको र कार्यालयका नाममा सवारी साधन पनि भाडामा लिएको पाइएको छ।

प्रकाशित: १ माघ २०७७ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App