२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कर्मनासा खोलाको सार्वजनिक जग्गा पास गराउने १७ जनाविरुद्ध मुद्दा दायर

ललितपुरको कर्मनासा (कोड्कु) खोला नजिकको सरकारी/सार्वजनिक जग्गा दर्तामा सलग्न सरकारी अधिकारीसहित १७ जनालालाई अख्तियारले मुद्दा दायर गरेको छ।

यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालय, ललितपुरका केही कर्मचारीहरूको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई सार्वजनिक जग्गासमेत प्लटिङ्ग गरी ब्यक्ति विशेषलाई बिक्री वितरण गरेको थियो।  

ललितपुर महानगरपालिका वडा नं. २८ र २३ का जग्गाहरूको जम्मा क्षेत्रफल ८-१२-३-२ (आठ रोपनी बाह्र आना तीन पैसा दुई दाम) सरकारी जग्गा हिनामिना गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताएका छन्।  

उनीहरुविरुद्ध २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ विगो दाबी गरिएको छ।

अख्तियारले तत्कालिन नापी कार्यालय, ललितपुरका प्रमुख वुद्धिमान जैशी र मालपोत कार्यालय, ललितपुरका कर्मचारीहरु, यूरो ल्याण्ड डेभलपर्स प्रा.लि., यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि. र काठमाडौं हस्पिटल प्रा.लि.का संचालकमाथी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।  

नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेलविरुद्ध समेत मुद्दा दायर गरेको छ।  

यसैगरी अख्तियारले यूरो हाउजिङ्ग डेभलपर्स प्रालि, यूरो ल्याण्ड डेभलपर्स प्रालिका संचालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर तथा काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरू डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी र दुर्गेस नन्दिनी भट्टचनविरुद्ध मुद्दा दायर गरेको छ।

उक्त जग्गा किन्ने ३३ जनाले आफुहरुले सार्वजनिक जग्गा भएको थाहा नपाएर किनेको बयान दिएका छन्।

 

 

 

प्रकाशित: २६ पुस २०७७ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App