२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

दमकलका कर्मचारीलाई अग्नी नियन्त्रण तालिम

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी), युरोपेली युनियनको सहयोग एवं स्थानीय संस्था एफएनसिएनको आयोजनामा ललितपुर महानगरपालिकाका अग्नी नियन्त्रकहरुलाई अग्नी नियन्त्रण एवं उद्धार सम्वन्धी तालिम दिइएको छ।  

हिउँदको समयमा आगलागीको जोखिम अझै बढ्ने भन्दै महानगरपालिकाका दमकलकर्मी एवं विभिन्न संस्थाका प्रतिनिधिहरुलाई तालिम दिइएको हो।

चार दिने तालिममा अग्नि नियन्त्रणका विधि तथा उद्धारका तरिका र अग्नि नियन्त्रणका सामग्री विधि सिकाइएको तालिमका प्रशिक्षक एवं काठमाडौं फायर ब्रिगेडका पूर्वफायर चिफ किशोर कुमार भट्टराईले बताए।

महानगरपालिकाको विपद् व्यवस्थापन प्रमुख हरिशचन्द्र लामिछानेले  वहुप्रकोप जोखिमयुक्त सहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धिका लागि तालिम महत्वपूर्ण रहेको बताए। यसअघि युएनडिपी र युरोपेली युनियनकै सहयोगमा  भरतपुर महानगरपालिका तथा भिमेश्वर नगरपालिकामा पनि अग्नी नियन्त्रण तथा उद्धार सम्बन्धी तालिम सन्चालन गरिएको थियो। तालिमका अतिरिक्त संस्थाले महानगरपालिकालाई अग्नि नियन्त्रण, खोज तथा उद्धारका सामग्रीसहित प्राथमिक उपचारका सामग्री उपलब्ध गराएको संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको बृहद विपद् जोखिम व्यवस्थापन कार्यक्रमका संयोजक सुशान्त शर्माले बताए।

 

 

प्रकाशित: १५ पुस २०७७ १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App