२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ललितपुरको ग्वार्कोमा टाटा सुमोले ठक्कर दिँदा दुई पैदलयात्रीको मृत्यु

ललितपुरको ग्वार्कोमा टाटा सुमोले ठक्कर दिँदा दुई जना पैदलयात्रीको मृत्यु भएको छ। बिहीबार राती आकाशे पुल नजिक प्रदेश–३–००१ च ०७१३ नम्बरको टाटा सुमोले ठक्कर दिएपछि बि एण्ड बी अस्पतालमा कार्यरत दुई कर्मचारीको मृत्यु भएको हो। महानगरीय प्रहरी वृत्त, सातदोबाटोका प्रमुख डिएसपी मित्रबन्धु शर्माले सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको गाडीले बाटो काट्दै गर्दा ठक्कर दिएको बताए।

ठक्करबाट मृत्यु हुनेमा तनहुँ सोतीवेशी घर भइ ललितपुरको हरिसिद्धीमा बस्दै आएकी ३४ वर्षीय सुनिता सोती सापकोटा र ४६ वर्षीय कृष्णप्रसाद तिमल्सिना रहेको प्रहरीको भनाई छ।

सुमो चालक दोलखा, शैलिङ्गेश्वर–८ घर भइ इमाडोलमा डेरा गरी बस्ने वर्ष ३१ का मिनबहादुर तामाङलाई सातदोबाटो प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १० पुस २०७७ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App