२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

आखिर को हुन सान्टा क्लस?

क्रिसमस डे बिशेष

विश्वभर क्रिसमस डे २५ डिसेम्बरमा प्रभु येशू ख्रीष्टको जन्मदिनको रूपमा मनाइन्छ। तर येशू यस मितिमा जन्मिएका भने होइनन्। सेतो दाह्री पालेका अनि राता लुगा लगाएका सान्टा क्लस भनिने यी व्यक्तिले राती राती आएर सबैलाई उत्साहबर्धक उपहारहरु दिएर जानेछन भन्ने धारणा छ। आखिर को हुन त सान्टा क्लस?

यी व्यक्ति चौथौं शताब्दी ताकाका एसियाका टर्कीका पादरी सेन्ट निकोलस हुन्। यि पादरीका आमाबुवा अत्यन्त धनी भएतापनि यिनी सानै हुँदा आमाबुवाको मृत्यु भएकाले यिनीसंग धेरै सम्पती हुन आयो। यिनी एक्ला थिए तर सम्पतीको कमी थिएन, सदैव गरिब अनि अफ्ठेरामा परेकालाई सहृदय सहयोग गर्ने यि सेन्टका बारेमा धेरै किमंदत्तीहरु अझै प्रचलनमा छ। एकफेर एजना गरिब मान्छेले दाईजो दिने पैसो नभएर आफ्ना छोरीहरुको बिवाह गर्न सकेका थिएनन्। यो कुरा थाहा पाएर सेन्ट निकोलस अर्थात अहिलेका सान्टाले मध्य रातमा ति व्यक्तिको घरछेउमा लगेर पैसा राखिदिन्छन्।  

सान्टाले घर माथिको चिमीनीवाट पैसोको थैलो फाल्दा थैलो भने सुकाउन राखेको कपडामा पर्न जान्छ, आगोमाथि कपडा सुकाउन राख्दा पैसोको थैलो फेला पर्दछ। यसरी प्रथम थैलोले जेठी छोरीको बिवाह हुन्छ, दोश्रो पटकको थैलोले माइलीको बिवाह हुन्छ। अब परिवारमा उक्त मान्छे को हो जसले मध्यरातमा पैसाको थैलो फालेर जान्छ भन्ने कुरामा बहुतै चर्चा चल्छ र बुवा चाँही राती उक्त मान्छेलाई समातेरै छाड्ने अठोट गर्दछन्।  

यसरी अठोट कसेका बुवाले एकरात निकोलसलाई थैलो खसाउन आएका बेला समात्दछन्, निकोलसले आफू लुकेरै सहयोग गर्न चाहेको र अरुलाई कृपया नसुनाइदिन बिन्तीभाउ गर्दछन्। तर कसो कसो एककान दुईकान मैदान हुँदै निकोलसको खबर सबैतिर फैलिन पुग्दछ। निकोलस बालबालिकाका मात्र नभई माझीहरुका पनि सहयोगी हुन्। एकफेर टर्की छेउको समुन्द्र तटमा माझीहरुको एउटा ढुगां आँधीको चपेटामा पर्दा माझीहरुले सेन्ट निकोलसको प्रार्थना गर्दछन र त्यसै समयमा सेन्ट निकोलस अर्थात्त सान्टा त्यहाँ जहाजको डेकमा देखापर्दछन्। उनले समुन्द्रलाई शान्त हुन आज्ञा दिन्छन् अनि केहीबेरमै समुन्द्र शान्त भएर उनीहरुलाई किनारासम्म सकुशल ल्याउन सान्टाले सहयोग गरेका उदहारणहरु पनि छन्।  

अब यि कथा अनि किस्साहरु कत्तिका सत्य हुन् भन्ने कुरा आफ्नै ठाँउमा छ तथापी सान्टा उपहार, खुशी अनि मुस्कानका प्रतिकका रुपमा सदैव बिश्वभरि छाइरहेको प्रतिबिम्ब भने हो।  

टर्कीको म्याराबाट देशनिकाला गरिएका सान्टा को मृत्यु भने ३४५ या ३५२ ईसं मा कारागारमा भएको मानिन्छ। उनको हाडखोरहरु भने केही ईटालियन व्यापारीहरुले सन् १०४८ मा टर्कीवाट चोरेर लिएर गएको तथ्य छ। ईटालीय बारी समुन्द्र तटमा सान्टाकै नाममा राखिएको चर्चमा उन्का हाडखोरहरु अझै छन् भन्ने मान्यता छ।  

उनको मृत्यु ६ डिसेम्बरलाई फिस्ट अर्थात भोज दिवसका रुपमा मनाउने चलन छ, एकदिन फिस्ट डे कै दिन ईटालियन सैनिकहरुले सान्टाको चिहानवाट अवशेषहरु समुन्द्रमा सेलाएका र यसो गर्दा सान्टाको आशिष समुन्द्रका पानीमा सदैव रहोस् भनेर त्यसो गरिएको भन्ने तथ्य छ।  

सन् १०६६ मा विलियमले बेलायतमा सैनिक लिएर आक्रमण गर्नुअघि सान्टालाई उन्को नामको बारीमा भएको चर्चमा प्रार्थना गरेको इतिहास छ। यतिन्जेलसम्म सान्टा सेन्ट निकोलसकै रुपमा चर्चित थिए तर १६ औं शताव्दीमा उत्तरी यूरोपमा क्रिस्मसका क्रममा उपहार दिँदा सान्टा जस्तै व्यक्तित्व हरुको भेषभुषा प्रयोग गर्न थालेपछि सान्टा क्लस घरघरका कथा बन्न पुगे। बेलायत, फ्रान्स लगायत सम्पूर्ण यूरोपमै सान्टाका कथा अनि किस्सा बच्चा बच्चालाई सुनाउन थालियो। फ्रान्समा सान्टालाई पेरे नोयल भनिन्छ।  

उता अस्ट्रीया र जर्मनमा भने सान्टा भन्दा पनि बाल जिससका रुपमा सुनौलो कपाल अनि पखेटा भएका परि जस्ता बालबालिकाको प्रयोग गरिन्छ। यस्ता बालबालिकाकालाई बच्चा जिसस भनेर मान्ने चलन छ। सुरुवातमा अमेरिकामा क्रिस्ट क्रीन्जल अर्थात क्रिस्टको दयाको छवीका रुपमा सम्बोधन गरिने यि व्यक्तित्वमा सेन्ट निकोलसको छवी जोडेर क्रिस्ट क्रीन्जल अनि सेन्ट निकोलस जोडेर छोटकरीमा सान्टा क्लस भएका हुन्।  

अहिलेपनी क्रिस्मसको राती बालबालिकाले कपडाहरु ढोका अगाडी राख्ने अनि बिहान उपहारहरु कपडामा बेरिएको अपेक्षा गर्ने चलन छ। अझै पनि मान्छेहरुले सान्टा फिनल्याण्डको उत्तरी ध्रुवमा बस्दछन भन्ने अपेक्षा गर्दछन्। धेरैले सान्टा आकाशमा बस्दछन अनि उन्को रथ चाँही रेनडियरले तान्ने गर्दछन् भन्ने बिश्वास गर्दछन्।

प्रकाशित: १० पुस २०७७ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App