१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकाका सडकमा सुरक्षा सतर्कता बढाइयो

फाइल तस्बिर

 संसद विघटनपछि सडकमा हुनसक्ने सम्भावित जोखिम र सुरक्षा चुनौतिलाई मध्यगर गर्दै देशभर सुरक्षा सतर्कता बढाएको छ। काठमाडौं उपत्यकासहित देशभरका मुख्य सहरहरुमा नेपाल प्रहरी र ससस्त्र प्रहरी पर्याप्त संख्यामा परिचालन गरिएको छ।  

यसबाहेक आवश्यक पर्ने सुरक्षा अवस्थाको पुर्वतयारी प्रहरीले गरेको छ। आइतबार प्रहरीले उपत्यका लगायत मुख्य मुख्य सहरको सुरक्षा बढाएको छ। अन्य अवस्थामा भन्दा सडकमा प्रहरी संख्या बढाइएको छ। नेपाल प्रहरीका प्रवक्ता बसन्त वहादुर कुवँरले आवश्यता अनुसार प्रहरी जनशक्ति परिचालित भइरहेको बताए। उनले भने, ‘आवश्यक अनुसार हामी शान्ति सुरक्षा प्रदान गर्छौं, सम्भावित सुरक्षा चुनौतिलाई ख्याल गर्दै प्रहरी ‘इट्याण्र्डबाई’ छ।’ उनका अनुसार बालुवाटार, सित्तलनिवास र खुमलटार क्षेत्रमा पहिलेभन्दा सुरक्षा बढाइएको छ। राजनीतिक माहोल अनुसार प्रहरी परिचालन हुने महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए। उनले हिजो अस्तिको तुलनामा प्रहरी संख्या तथ गरिएको जानकारी दिए। ‘सुरक्षा दिनु हाम्रो दायित्व हो, जस्तोसुकै अवस्थामा पनि प्रहरीको ध्यान सुरक्षामै रहन्छ,’ उनले भने, ‘काठमाडौंको सुरक्षा व्यवस्थामा बढी ध्यान दिइरहेका छौं।’  

नयाँ वानेश्वर, माइतीघर, सुन्धारा, सिंहदरबार, बालुवाटार, खुमलटार, दरबारमार्गलगायत क्षेत्रमा प्रहरी सुरक्षाकर्मी तैनाथ परिचालित छन्। महानगरीय प्रहरी परिसर ललितपुर र भक्तपुरले पनि जिल्लाको सुरक्षा व्यवस्थामा थप कडाई गरेको छ। मुख्य सडकमा हिजोअस्तिको तुलनामा धेरै प्रहरी परिचालित भएका छन्।  

राजनीतिक माहोल बिगिएपछि शीर्ष नेताहरुको शान्ति सुरक्षामा चुनौति हुनसक्ने भन्दै सुरक्षाकर्मी थप गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले आवश्यकता अनुसार जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्रहरीले सुरक्षा बढाउने बताए।  

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपाका वरिष्ठ नेता नेता माधव र झलनाथ खनालको सुरक्षामा थप प्रहरी परिचालन गरिएको छ। शीर्ष नेताको निवास नजिक प्रहरी परिचालन भएसँगै थप राजनीतिक उतारचढाबको संकेत देखिएको छ।  

प्रकाशित: ५ पुस २०७७ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App