२५ वैशाख २०८३ शुक्रबार
image/svg+xml
समाज

लत्ताकपडासहित एक जना पक्राउ

अवैध रुपमा आयात गरिएका कपडासहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। भारतबाट तस्करी गरि ल्याइएका कपडासहित  विराटनगर–६ सरोचियाका आशिफ खान पक्राउ परेका हुन्।  

खानले आफ्नै घरको कोठामा अबैध रुपमा आयात गरी कपडा भण्डारण गरेको सूचनाका आधारमा प्रहरीले  खानतलासी गर्दा उनको  घरको कोठाबाट १ लाख ६२ हजार रूपैयाँ भन्दा बढीका लत्ताकपडा बरामद भएको मोरङ प्रहरीका पवक्ता मानबहादुर राईले जानकारी दिए। लत्ताकपडासहित पक्राउ परेका खानलाई भन्सार कार्यालय रानीमा बुझाइएको छ।  

प्रकाशित: २८ मंसिर २०७७ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App